२०८३ भाद्र २८ गते आइतवार

तुलसीपुर–३ राम्रीमा बन्दै गरेको सामुदायिक भवनको अनुगमण

तुलसीपुर, १२ असार । तुलसीपुर उपमहानगरपालिका–३ राम्रीमा ७ लाख २७ हजार लागतमा टोल भवन निर्माण गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ५ लाख ७७ हजार र नगरपालिकाको १ लाख ५० हजार लागतमा सिदार्थ टोल भवनको निर्माण गरिएको हो । भवनको छानाको अपुग रकमको तत्काल व्यवस्था गरेर भवनलाई पूर्णता दिन समेत नगर प्रमुख मेयरले निर्देशन दिनुभएको छ ।

हल निर्माण भएसंगै टोल समूहको सामानहरु राख्न, बैठक बस्न, गाउँमा हुने कुनै कार्यक्रमहरु गर्न सहज हुनुका साथै भाडामा बस्नु पर्ने बाध्यता हटेकाले आर्थिक बचत समेत भएको उपभोक्ता समूहकी अध्यक्ष रामकली पुनले जानकारी दिनुभयो ।

यसैबिच नवनिर्मित भवनको आज अनुगमण गरिएको छ । नगर प्रमुख टिकाराम खडकाको नेतृत्वमा अनुगमण गरिएको हो । अनुगमणमा प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसी, वडा नं ३ का वडा अध्यक्ष विजय बिक, इन्जिनियर पवन योगी, प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक अम्बिका पौडेल लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८० असार १२ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।