नागरिकलाई आर्थिक उत्पादनसँग जोडदै ग्रीन फाउण्डेसन

तुलसीपुर १३ वैशाख ।  हरेक नागरिकलाई आर्थिक उत्पादनसँग जोड्नका लागि ग्रीन फाउण्डेसन नेपाल दाङले उद्यम र सहकारीको अवधारणालाई तिव्रता दिन थालेको छ । बढ्दो युवा पलायनसँगै देशमा आर्थिक संकट देखा परिरहेका बेला हरेक नागरिकलाई उद्यमसँग जोड्नका लागि ग्रीन फाउण्डेसनले यस्तो अवधारणा अघि सारेको हो ।  फाउण्डेसनले नागरिकलाई एकीकृत गरेर उद्यम, पर्यटन, सहकारीको अवधारणा, यसको सम्भावना, बजार व्यवस्थापन, चुनौति, वित्तिय साक्षरता, दर्ता प्रकृया, आर्थिक स्रोतको पहिचान, सीपको विकास  लगायतका विषयमा बृहत्तर छलफल गरेको छ । 

दाङको तुलसीपुरमा तीन दिनसम्म सञ्चालन भएको कार्यशाला  गोष्ठीमा कृषि, वन, जल, जमिन, जडिबुटीको प्रचुर सम्भावना भएकाले आर्थिक उत्पादनका लागि उद्यम सञ्चालन गर्न सकिने निष्कर्षमा पुगिएको फाउण्डेसनका सचिव सुरेश रावतले जानकारी दिनुभयो ।  उद्यम वा सहकारी, तथा पर्यटनसँग सम्बन्धित कुनै पनि कार्य गर्नका लागि त्यसको सम्भावना, बजारीकरण, माग र आपूर्ति तथा यदि कुनै उद्यमहरु बन्द भए त्यसको कारणका विषयमा समेत सम्भाव्यता अध्ययन गर्ने र त्यसका लागि ग्रीन फाउण्डेसनले समन्वय गर्ने बताइएको छ ।

ग्रीन फाउण्डेसनले दुनाटपरी उद्योग, मुढा तथा ढकिया बुनाइ, हस्तकला र टिमुर खेतीको व्यवसायीक प्रर्वद्धनलाई फाउण्डेसनले पहिलो प्राथामिकतामा राखेको छ । कृषि र वनमा आधारित उद्यमहरु सञ्चालन गरेर आगामी दशलाई हरित अर्थतन्त्रको दशकका रुपमा विकास गर्ने उद्देश्यसहित अभियानलाई तिव्रता दिएको तुलसीपुर उपमहानगरपालिका पूर्व नगर प्रमुख घनश्याम पाण्डेले जानकारी दिनुभयो । सहकारी र उद्यमको मोडलमा अघि बढेका देशमा आर्थिक सङ्कटको कम जोखिम हुने गरेको पूर्व नगर प्रमुख पाण्डेले बताउनुभो । कार्यशाला गोष्ठीमा दाङ सहित, सल्यान रोल्पाका समेत गरेर ३६ जना उद्यमीको सहभागिता रहेको थियो ।  

 

 

 

संगैका खबरहरु आइरहँदा 

लाई 

प्रकाशित मिति : २०८० बैशाख १३ गते बुधवार
प्रतिक्रिया