२०८३ भाद्र २८ गते आइतवार

अश्वारा हरियाली पार्क जोडने कच्ची सडक पक्की 

तुलसीपुर, १५ चैत्र । दाङको तुलसीपुर उपमहानगरपालिका – ८  स्थित अश्वारादेखि हरियाली पार्क जोड्ने कच्ची सडक पक्की गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाको ७ लाख २० हजार ४ सय ५७ रुपैयाँको लागतमा उक्त सडक कालोपत्रे गरिएको हो ।

सडक कालोपत्रेका लागि सुरज निर्माण सेवा तुलसीपुरले २०७९  असोज २४ गते ठेक्का लिएको थियो । एक सय ५५ मिटर लम्बाइ र ८ मिटर चौडाइ रहेको उक्त सडकको कालोपत्रेको काम फागुन २३ गते सकिएको तुलसीपुर उपमहानगरपालिका इन्जिनियर पवन योगीले जानकारी दिनुभयो । सडक कालापत्रे गरिए पछि 

सडक निर्माणसंगै अनुगमन समेत गरेर भुक्तानीका लागि प्रकृया अघि बढेको इन्जिनियर योगीको भनाई छ । यता तुलसीपुर उपमहानगरपालिका –८ का वडा अध्यक्ष धर्मराज वलीले वडाका विभिन्न स्थानमा सडकको ट्रयाक खोल्ने काम देखि ग्राभेलिङ र कालोपत्रेको कामलाई तीब्र गतिमा अघि बढाएको बताउनुभयो । 

प्रकाशित मिति : २०७९ चैत्र १५ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।