२०८३ भाद्र २८ गते आइतवार

कपुरकोट गाउँपालिका – ४ को वडा कार्यालय भवनको शिलान्यास 

सल्यान, ३ चैत । सल्यानको कपुरकोट गाउँपालिका – ४ नम्बर वडा  कार्यालयको प्रशासनिक भवनको शिलान्यास गरिएको छ । २०८० जेठ मसान्त सम्ममा भवनको निर्माण कार्य सम्पन्न गर्नेगरी भुबनेश्वरी बिल्डर्स कपुरकोट, ४ गाँडापानीले ठेक्का लिएको छ । बिहीबार वडा कार्यालयको प्रशासनिक भवनको शिलान्यास गर्दै कपुरकोट गाउँपालिका कार्यवाहक अध्यक्ष प्रकाश भण्डारीले वडा कार्यालयको सेवा प्रवाहमा अत्यन्त कठिनाइ भएपछि भवन निर्माणका लागि विशेष प्राथामिकतामा राखी गाउँपालिकाले बजेट बिनियोजन गरेको बताउनु भयो ।

भण्डारीले अबको केही महिनाबाटै वडा कार्यालयको सेवा प्रबाह सहज हुने बताउँदै भवन निर्माणका लागि आफुले गरी खाने जग्गा दान गर्ने कपुरकोट, ४ धनवाङका अशोक बूढा र हिरा बुढालाई धन्यवाद समेत दिनु भयो । यस्तै गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले भबन निर्माण गर्न जिम्मेवारी पाएको भुवनेश्वरी बिल्डर्सलाई तोकिएको समय सिमा भित्रै कार्य सम्पन्न गर्न अनुरोध गर्नुभयो ।

वलीले भवन निर्माणका क्रममा कुनै समस्या आएमा  गाउँपालिकाका प्राविधिकसँग समन्वय गरेर काम गर्न निर्माण कम्पनीलाई आग्रह समेत गर्नुभयो । भवन शिलान्यास कार्यक्रममा वडा नं. ४ का वडा अध्यक्ष मित्रलाल कठायत, वडा सदस्यहरु, वडामा क्रियाशील राजनैतिक दलका प्रतिनिधिहरू तथा वडावासीहरूको उल्लेखनीय सहभागिता रहेका थियो ।

गाउँपालिकाको १३ औं गाउँसभाले वडा कार्यालयको प्रशासनिक भवन निर्माणका लागि ६० लाख बजेट बिनियोजन गरेपछि निर्माण प्रकृया अघि बढेकाे हाे ।  वडा कार्यालयको भवन बन्ने भए पछि वडावासी खुशी भएका छन् ।

 

प्रकाशित मिति : २०७९ चैत्र ३ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।