२०८३ मङ्सिर ९ गते बुधवार

 तुलसीपुरमा भएको मोटरसाइकल दुर्घटनामा सेजुवालको मृत्यु 

तुलसीपुर, २५ फागुन । दाङको तुलसीपुर– १३ बखरीयामा  मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका –८ ढिकपुर निवासी ५० वर्षीय कृष्ण सेजुवाल रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । सेजुवालको नेपालगञ्ज नर्सिङ होममा उपचारका क्रममा दिउँसो साढे ४ बजे मृत्यु भएको प्रहरीले बताएको छ ।

घोराहीबाट फुलबारी तर्फ जादै गरेको रा ६ प ९६८५ नम्बरको मोटरसाइकल तुलसीपुर १३ बखरिया नजिकै अनियन्त्रीत भएर पल्टदा घाइते भएका सेजुवाललाई तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालञ्ज रिफर गरिएको थियो । मोटरसाइकल चालक उहाकै छोरा २८ वर्षीय गोकर्ण सेजुवाल पनि सामान्य घाइते हुनु भएको थियो । मोटरसाइकल अनियन्त्रित भएर पल्टिएको प्रहरीले बताएको छ ।।

प्रकाशित मिति : २०७९ फाल्गुन २५ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।