लक्ष्यभन्दा बढी राजस्व संकलन

तुलसीपुर,१३ माघ ।
आन्तरिक राजस्व कार्यालय तुलसीपुरले चालु आर्थिक बर्षको ६ महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ ।
कार्यालयका प्रमुख कर अधिकृत बावुराम गौतमका अनुसार चालु आर्थिक बर्षको साउन देखी पुष महिनासम्म ६ महिनामा ८५ करोङ २६ लाख रुपैंया संकलन भएको छ । यो ६ महिनामा ६२ करोड ५४ लाख रुपैंया मात्रै राजस्व संकलन गर्ने लक्ष्य रहेको थियो ।

उहाँका अनुसार सबैभन्दा बढी आयकर तर्फ ३५ करोड ३२ लाख र सबैभन्दा कम स्वास्थ्य सेवा कर ३ लाख ६२ हजार, रुपैयाँ राजश्व संकलन गरेको छ । त्यसैगरी ५ करोड ८२ हजार बहाल कर,ब्याज कर १ करोड २३ लाख,मुल्य अभिवृद्धी कर २८ करोड ६३ लाख ,अन्तःशुल्क कर १३ करोड २३ लाख,शिक्षा सेवा कर ६ लाख ३८ हजार रुपैया राजस्व संकलन भएको छ । आन्तरिक राजस्व कार्यालय तुलसीपुरले चालु आर्थिक बर्षमो असार मसान्तसम्म १ अर्ब ४३ करोड २७ लाख रुपैंया राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : २०७४ माघ १३ गते शनिवार
प्रतिक्रिया