श्रीगाउँमा संचालित महायज्ञमा झण्डै एकलाख संकलन

श्रीगाउं १७ फागुन । दंगिशरण गाउँपालिका – ७ श्रीगाउंमा संचालित सप्ताह धार्मिक ज्ञान बिज्ञान महायज्ञमा झण्डै एक लाख रुपैयाँ संकलन भएको छ । महायज्ञको चौथो दिन आज मात्रै ८४ हजार बढी आर्थिक संकलन भएको मुल आयोजक समितिका संयोजक धर्मनाथ योगीले जानकारी दिनुभयो ।

आज सबैभन्दा बढी दंगिशरण गाउँपालिका – ७ श्रीगाउं निवासी कोमल नाथ योगिकी श्रीमती सीता योगिले तुलादान बाट १४ हजार र छोरा प्रदिप योगिले ११ हजार ५ सय नगद प्रदान गर्नु भएको थियो ।
दानविर योगि परिवार लाई कार्यक्रम स्थलमा प्रमाणपत्र प्रदान गरि सम्मान गरिएको थिया े। महायज्ञमा बिहान ६ देखि ७ बजे सम्म योग शिविर, ८ देखि १२ बजे सम्म श्रीमद्भभागवतको पाठयनाराण, १२ देखि ४ बजे सम्म कथा प्रवचन, साझ ६ देखि ७ बजे सम्म बाल संस्कार र ७ः३० देखि साझ १०ः३० बजेसम्म रात्रीकालिन कथा प्रबचन तथा भजन कृतनको कार्यक्रम रहेको मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष गोपाल नाथ योगिले बताउनुभयो ।

उक्त ज्ञान विज्ञान महायज्ञमा नेपाली भाषाका श्रीङगारिक प्रमुख कथाबाचक अच्युतशरण महाराज धिताल रहनु भएको छ। महायज्ञ फागुन २१ गते सम्म संचालन रहने आयोजक समितीका संयोजक योगिले बताउनुभयो । २ सय ५० बर्ष पुरानो सिद्ध भगवन्तनाथ मन्दिरको सर्बाङ्गिण बिकासका लागि महायज्ञ फागुन १४ गते देखि सुरु भएको हो ।।

प्रकाशित मिति : २०७९ फाल्गुन १७ गते बुधवार
प्रतिक्रिया