२०८३ मङ्सिर ९ गते बुधवार

तुलसीपुरमा अटो पल्टिंदा १ जनाको मृत्यु 

तुलसीपुर, १६ फागुन ।  दाङको तुलसीपुरमा अटो पल्टिंदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।  मृत्यु हुनेमा तुलसीपुर ३ दमारगाउँ निवासी ३६ वर्षीय केदार भण्डारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिनुभयो ।

 भण्डारीको कोहलपुरमा उपचारको क्रममा दिउसो पौने तीन बजे मृत्यु भएको प्रहरीले बताएको छ । अर्का घाइते तुलसीपुर  बेलुवा निवासी २५ वर्षका सन्तोष वलीको तुलसीपुरमै उपचार भइरहेको छ । तुलसीपुर ३ दमारगाउँबाट दोघरे तर्फ जाँदै गरेको रा १ ह ४०९९ नम्बरको अटो बिहान पौने ९ बजे दमारगाउँ नजिकै अनियन्त्रित भइ पल्टिंदा दुर्घटना भएको थियो ।।

प्रकाशित मिति : २०७९ फाल्गुन १६ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।