
चिराघाट १४ फागुन । शान्तिनगर गाउँपालिकामा गए राती चोरी भएको छ । चोरले गाउँपालिकाको शिक्षा युबा तथा खेलकुद शाखामा रहेको डेस्कटप कम्युप्टर, सीपीयु र प्रिन्टर मेसिन लगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काले जानकारी दिनुभयो । चोरले शाखाको ताला फोडेर चोरी गरेको जनाइएको छ ।
चोरी गर्ने ब्यक्तिको पहिचानको लागि सिसि टिभी फुटेज हेर्ने काम भैरहेको गाउँपालिकाले जनाएको छ । यसैबीच चोरीमा संलग्न व्यक्तिको खोजीकार्य जारी रहेको चिराघाट प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक खडक बहादुर डाँगीले जानकारी दिनुभयो । गत वर्ष पनि शान्तिनगर गाउँपालिकामा चोरी भएको जनाइएको छ । प्रहरी चौकी देखि २ सय मिटर अगाडि शान्तिनगर गाउँ पालिका रहेको छ ।
निराश पाण्डेले शान्तिनगरमा रहेर तुलसीपुर खबरका लागि रिपाेटीङ गर्नुहुन्छ ।
प्रकाशित मिति : २०७९ फाल्गुन १४ गते आइतवार