माध्यामिक विद्यालय अश्वाराको ६३ औ वार्षिकोत्सव

तुलसीपुर, १२ फागुन । तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टिकाराम खड्काले शिक्षालाई उत्पादनसँग जोड्नुपर्ने बताउनुभएको छ । माध्यामिक विद्यालय अश्वाराको ६३ औ वार्षिकोत्सवलाई सम्बोधन गर्दै नगर प्रमुख खड्काले शिक्षालाई जीवन उपयोगी शिक्षाका रुपमा विकास गर्दै उत्पादनसँग जोड्नुपर्ने बताउनुभयो ।  सो अवसरमा पूर्व नगर प्रमुख घनश्याम पाण्डेले पढ्दै, सिक्दै र कमाउँदै गर्नुपर्ने बताउनुभयो । शिक्षक अभिभावक संघका अध्यक्ष केशर वलीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्राधानाध्यापक हिरालाल न्यौपानेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सो अवसरमा तुलसीपुर उपमहानगरपालिका – ८ का वडा अध्यक्ष धर्मराज वली, एमालेका निमबहादुर खड्का, नेपाली कांग्रेसका ताराप्रसाद देवकोटा, माओवादी केन्द्रका जीवन केसी, राष्ट्रिय स्वतन्त्र पार्टीका मेघराज केसी, विद्यालय व्यवस्थापन समितिका सदस्य गणबहादुर डिसी, लगायतले बोल्नु भएको थियो । वार्षिकोत्सव समारोहमा छात्रछात्राहरूले विभिन्न नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक खगेन्द्र काफ्लेले गर्नुभएको थियो ।

 

 

 

 

प्रकाशित मिति : २०७९ फाल्गुन १२ गते शुक्रवार
प्रतिक्रिया