साहारा क्लबलाई हराउँदै ज्ञानज्योति फाइनलमा

फाइल फाेटाे

तुलसीपुर, ७ फागुन । लखनउको साहfरा फुटबल क्लबलाई एकका विरुद्ध पाँच गोल अन्तरले पराजित गर्दै ज्ञानज्योति इनोभेटिभ तुलसीपुर फाइनमा प्रवेश गरेको छ । सर्वाधिक पुरस्कार राशिको दोस्रो हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबलको छैठौ दिन आइतबार भएको सेमिफाइनल खेलमा ज्ञानज्योतिले साहारालाई पराजित गरेको हो । सोमबारको फाइनल खेलमा ज्ञानज्योति र टरिगाउँ युवा क्लबबीच हुने छ ।
स्थानीय स्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र व्यवसायिक फुटबल खेलको विकासमा थप टेवा पु–याउने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगिताको उपाधि चुम्ने टिमले नगद १ लाख ५१ हजार, उपविजेताले नगद ७५ हजार ५ सय, कप ,मेडल, प्रमाणपत्र हात पार्नेछ ।।

प्रकाशित मिति : २०७९ फाल्गुन ७ गते आइतवार
प्रतिक्रिया