खेल क्षेत्रको विकासका लागि राज्यले ध्यानदिनुपर्छ : सुरेश हमाल

तुलसीपुर, ६ फागुन । दाङको तुलसिपुर स्थित अरनिको मैदानमा जारी दोस्रो हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल प्रतियोगिता आज पनि जारी छ । खेलको पाँचौदिन जारी फुलटबल प्रतियोगितालाई सम्बोधदन गदैै प्रमुख अथिति त्रिशिद्देश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमालले खेलकुद क्षेत्रको विकासका लागि राज्यले ध्यानदिनुपर्ने बताउनुभयो । त्यसैगरी कार्यक्रमका विशिष्ठ अथिति तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्तीले स्वर्गीय हिरा डाँगीको स्मरण गर्दै वर्षेनी हुने यस्ता खेलकुद प्रतियोगिताले समाज र राष्ट्रलाई सयहोग पु¥याउने बताउनुभयो ।

कार्यक्रम फाउण्डेसनका संरक्षक्षक मानबहादुर डाँगीको अध्यक्षतामा भएको थियो । फागुन २ गतेदेखि सुरु भएको फुटबल प्रतियोगिता ८ गते समापन हुँदै छ । प्रतियोगितामा उपाधि चुम्ने टिमले नगद १ लाख ५१ हजार पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेताले नगद ७५ हजार ५ सय, कप ,मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यस्तै प्रतियोगिता अवधिभर सर्वोत्कृष्ट खेल प्रर्दशन गर्ने व्यक्तिगत बिधा तर्फ सर्वोउत्कृट खेलाडी,उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले जनही ३ हजार ट्रफि र प्रमाणपत्र हात पार्नेछन । त्यस्तै प्रत्येक म्याचको म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई केही नगद सहित ट्रफीको व्यवस्था गरिएको आयोजकले जानकारी दिएकोछ ।

खेलाडीहरु 

प्रकाशित मिति : २०७९ फाल्गुन ६ गते शनिवार
प्रतिक्रिया