विरामीहरुलाई दिने सहयोग अर्थ मन्त्रालयले किन रोक्यो ?

काठमाण्डौं,९ माघ ।
सरकारले गम्भीर रोगका विरामीहरुलाई दिने भनेको सहयोग अर्थ मन्त्रालयले रोकेको छ । प्रष्ट मापदण्ड नपुगेको भन्दै अर्थ मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई बजेट दिन रोकेको हो । स्वास्थ्य मन्त्रालयले अर्थसँग बजेट मागे पनि मापदण्ड बनाएको छैन । सरकारले पुस १३ गतेको मन्त्रिपरिषद बैठकबाट गम्भीर विरामीलाई महिनाका हिसावले सहयोग दिने निर्णय गरेको थियो ।

सरकारले मिर्गौला फेल भएका, क्यान्सर र स्पाइनल इन्जुरीका कारण प्यारालाइसिस भएका बिरामीलाई मासिक ५ हजार भत्ता दिने निर्णय गरेको थियो । सोही अनुरुप अर्थमन्त्रालयसँग बजेट माग गरेको थियो । स्वास्थ्य मन्त्रालयले प्रस्ट मापदण्ड नबुझाएपछि बजेट रोकिएको हो ।

अर्थ मन्त्रालयका प्रवक्ता अर्जुन प्रसाद पोखरेलले मन्त्रिपरिषदले गरेको निर्णय अर्थ मन्त्रालयले नमान्ने नभएपनि स्वास्थ्य मन्त्रालयले मागेको बजेट ‘अफ बजेट’ भएकाले उपलब्ध नहुने सम्भावना रहेको जानकारी दिनुभयो । अर्थले बजेट रोकेपछि कार्यक्रम अलपत्र पर्ने देखिएको छ ।

 

प्रकाशित मिति : २०७४ माघ ९ गते मङ्गलवार
प्रतिक्रिया