अर्थतन्त्रलाई सुधार गर्न सरकारले अथक प्रयास गर्छ : मन्त्री आचार्य

लमही १२ माघ । दाङ देउखुरीको लमहीमा आज देखि छैंठौ देउखुरी कृषि, पर्यटन तथा व्यापारिक महोत्सव महोत्सव शुरू भएको छ । “कृषि पर्यटन उद्योग र व्यापार, देश समृद्धिको बलियो आधार”भन्ने मुल नाराका साथ देउखुरी उद्योग वाणिज्य संघ लमहीको आयोजनामा अजम्बरी सामुदायिक वनको पिकनिक स्थल (बिबिधता पार्क) महोत्सव सुरू भएको हो । महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका मन्त्री चेतनारायण आचार्यले गरेका थिए । महोत्सवको उद्घाटन गर्दै मन्त्री आचार्यले विग्रदो अर्थतन्त्रलाई सुधार गर्न सरकारले अथक प्रयास गरिरहेको बताएका छन् । २०७२ सालको भूकम्प र कोरानाको कारणले गर्दा तरल अवस्थामा अघि बढेको अर्थतन्त्रलाई सुधार गर्न सरकार अघि बढेको बताएका छन् । आर्थिक सूचकहरू सुधारोन्मुख नहुँदा सम्म आशा गर्ने ठाउँ नरहेको बताए । त्यस्तै उनले उद्योगी व्यवसायसीलाई प्रोत्साहन गर्न नसके आर्थिक समृद्धि हाँसिल गर्न नसकिने पनि बताएका थिए । प्रमुख अतिथि समेत रहेका मन्त्री आचार्यले देउखरीमा प्रदेश राजधानी आएसँगै यो क्षेत्रको विकासले गति लिने लिएको बताउँदै विकसित राजधानी अभियानमा लुम्बिनी प्रदेश सरकार अघि बढेको बताएका छन् । त्यस्तै उनले राजधानी व्यवस्थापनका लागि सवैले साथ सहयोग गर्नु पर्ने बताएका छन् ।

त्यस्तै कार्यक्रममा लुम्बिनी प्रदेशका निर्वतमान प्रदेश सभा सदस्य रेवतीरमण शर्माले राज्यका संयन्त्रहरू परिचालन गरि कृषि उत्पादनलाई बजारीकरण गर्नुपर्ने बताए । लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले लमही नगरपालिका क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रको प्रचारप्रसार हुन नसकेकोले मेला महोत्सव मार्फत प्रचारप्रसार हुने बताए । लमही नगरपालिकाका निर्वतमान नगर प्रमुख कुलबहादुर केसीले लमही नगरपालिका मासु सहित अन्य व्यवसायीमा आत्मनिर्भर भएको बताउँदै यस्ता मेला महोत्सवले टेवा पु¥याउने बताए । त्यस्तै उनले महोत्सवमा स्थानीय पालिकामा उत्पादित वस्तु मेलामा राख्न आवश्यक रहेको बताए । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य जम्शेर अलि मियाँ देउखुरी अन्नको भण्डार भए पनि किसानले समयमा बिउ, मलखाद नपाउने र बजारको समस्या भएकोले किसानका समस्या सम्मोधन गर्न स्थानीय सरकारले ध्यान दिनुपर्ने बताए । साथै बजारीकरणका लागि उद्योग वाणिज्य संघ जतिबेला पनि तयार रहेको बताए । त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष बालकृष्ण सुवेदीले अर्थतन्त्र शिथिल हुँदा व्यवासायी धरासाय बन्दै गएको बताए ।

त्यस्तै उनले चर्को व्याचदरले व्यवसायी मारमा परेको र आत्महत्या सम्मको स्थिति सिर्जना भएकोले त्यस तर्फ राज्यको ध्यानाकर्षण गराए । उद्योग वाणिज्य संघका अध्यक्ष खगेश्वर खनालको अध्यक्षमा भएको महोत्सव उद्घाटन कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष कमलजंग सिंह ठकुरीले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन संघका कोषाध्यक्ष जागेश्वर बसेलले गरेका थिए । कार्यक्रम सुरू हुनु अघि विभिन्न जातजातिको झाँकीले लमही बजार परिक्रम गरेको थियोे । महोत्सवमा सुरक्षालाई दृष्टिगत गर्दै महोत्सव स्थलमा सिसी क्यामराको समेत जडान गरिएको छ । भने सूचना सञ्चारको कामलाई प्रभावकारी बनाउन इन्टनेटको समेत जडान गरिएको छ । महोत्सवमा स्थानीय कृषि उत्पादनको बजारीकरण, खस्कदो व्यापारको पुनरुत्थान र पर्यटन विकासमा टेवा पु¥याउनको लागि महोत्सवको आयोजना गरिएको छ । महोत्सवलाई थप आकर्षित र प्रभावकारी बनाउन विभिन्न कला, संस्कृतिसंग सम्बन्धित झाँकी, नृत्य तथा स्थानीय र राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति समेत रहने छन् ।

करिब १ लाख भन्दा बढी दर्शकहरुले महोत्सवको अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ । स्थानीय स्तरमा उपादित वस्तु तथा सेवालाई महोत्सवमा प्राथमिकता दिईने देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष खगेश्वर खनालले बताएका छन् । महोत्सवमा कृषि, पर्यटन, उद्योग र व्यापार संग सम्बन्धित करिब २ सय ५० को हाराहारीमा स्टलहरु रहेका छन् । जस अन्तर्गत १५—२० वटा कृषि प्रदर्शनी र कृषि उत्पादनसंग सम्बन्धित वस्तुहरुको बिक्री वितरण स्टल, २५—३० वटा स्थानीय व्यापारिक स्टल र बाँकी सबै अन्य व्यवसायसंग सम्बन्धित स्टल रहेको अध्यक्ष खनालले बताएका छन् । करिव ५० हजार दर्शकले महोत्सव अवलोकन गर्ने र १ करोड बराबरको कारोबार गर्ने लक्ष्य आयोजकले राखेको छ । वाणिज्य संघले आफ्नो संघमा दर्ता भएका पसलहरुलाई भने ५० प्रतिशतको छुटमा स्टल उपलब्ध गराएको छ । भने बाँकी सबै अन्य व्यवसायसंग सम्बन्धित स्टल रहेको अध्यक्ष खनालले बताएका छन् । महोत्सवलाई सहज रुपमा सञ्चालन र व्यवस्थापन गर्न लागि एक मूल समिति समेत बनाइएको छ ।

महोत्सव उद्घाटनका दिन उत्कृष्ट झाँकी प्रदर्शन गर्ने समुहलाई पुरस्कृत समेत गरिने भएको छ । जस अनुसार प्रथम हुनेलाई नगद १५ हजार, दोस्रो हुनेलाई नगद १० हजार, तेस्रो हुनेलाई नगद ७ हजार ५ सय र सान्त्वना हुनेलाई नगद २ हजार ५ सय पुरस्कारको व्यवस्था गरिएको साँस्कृतिक संयोजक केशवराज पोख्रेलले जानकारी दिएका छन् । महोत्सव अवधिभर विभिन्न जातजाती तथा भाषाभाषीको संस्कृती झल्किने साँस्कृतिक कार्यक्रमहरु, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने बताइएको छ । महोत्सवमा राष्ट्रियस्तरका चर्चित कलाकार प्रकाश सपुत, बद्रि पंगेनी, प्रमोद खरेल, रामजी खाँड, पशुपति शर्मा, मेलिन राई, प्रिति आले, रमेशराज भट्टराई लगायतका करिब ५० बढी राष्ट्रीय तथा स्थानीय कलाकार आउने साँस्कृतिक संयोजक पोख्रेलले जानकारी दिएका छन् ।

महोत्सव अवधीभर अपाङगता भएका र जेष्ठ नागरिकहरुलाई परिचय पत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएको छ । त्यस्तै सर्वसाधारणका लागि रु. १ सय तथा विद्यार्थीको हकमा रु ८० रुपैयाँ टिकटदर कायम गरिएको छ ।।

प्रकाशित मिति : २०७९ माघ १२ गते बिहिवार
प्रतिक्रिया