२०८३ भाद्र २८ गते आइतवार

काठमाण्डौं/तराईरमधेश द्रुतमार्ग सडक आयोजनाको निरिक्षण

तुलसीपुर, ११ माघ । माननीय रक्षामन्त्री हरि प्रसाद उप्रेती र प्रधान सेनापति प्रभुराम शर्माले आज मिति निर्माणाधिन काठमाडौं/तराईरमधेश द्रुतमार्ग सडक आयोजना अन्तर्गत विभिन्न स्थानहरुको स्थलगत निरीक्षण भ्रमण गर्नुभएको छ ।

निरीक्षण भ्रमणको दौरान उहाँहरुले आयोजनाको हालसम्मको प्रगतिका बारेमा जानकारी लिनुका साथै महादेवटार सुरुङ्ग मार्ग निर्माणाधिन सडक तथा पुलहरुको निरीक्षण गर्नुभयो ।

निरीक्षणका क्रममा रक्षामन्त्री उप्रेतीले जटिल भू(बनोटमा समेत आधुनिक उपकरणहरुको प्रयोग गरी भइरहेका कार्यहरुको प्रशंसा गर्नुभएको छ । भ्रमणदलमा रक्षा सचिव श्री किरणराज शर्मा, नेपाली सेनाका रथीवृन्द, रक्षा मन्त्रालयका सह(सचिव श्री बाबुराम अधिकारी लगायत द्रुतमार्ग आयोजनाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७९ माघ ११ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।