काठमाडौं महानगरले पुससम्म  उठायो साढे ४ अर्ब बढी राजस्व

काठमाडौं,५ माघ । महानगरपालिकाले चालु आर्थिक वर्ष (आव) २०७९÷८० को पुस मसान्तसम्म ४३ प्रतिशत भन्दा धेरै राजस्व संकलन छ । महानगरले चालु आवको पुस मसान्तसम्म ४३ दशमलव ८२ प्रतिशत राजस्व संकलन गरेको हो ।महानगरले चालु आवको लागि कुल १० अर्ब ४१ करोड ९५ लाख ४९ हजार रुपैयाँ राजश्व लक्ष्य राखेको छ ।

जसमध्ये पुस मसान्तसम्म ४ अर्ब ५६ करोड ६२ लाख ९७ हजार रुपैयाँ राजश्व संकलन गरेको महानगरका राजश्व विभाग प्रमुख डा. शिवराज अधिकारीले जानकारी दिए । उनका अनुसार महानगरले सबै भन्दा धेरै राजस्व मनोरञ्जन करबाट उठाएको छ । महानगरले मनोरञ्जन करबाट १८१.६५ प्रतिशत कर उठाएको छ ।

प्रकाशित मिति : २०७९ माघ ५ गते बिहिवार
प्रतिक्रिया