तुलसीपुरमा सामाजिक सुरक्षा भत्ता लिनेको संख्या बढ्यो

फाइल फाेटाे

 तुलसीपुर, ३ माघ ।  दाङको तुलसीपुर उपमहानगरपालिकामा चालु आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ता लिनेको संख्या  बढेको छ । गत वर्षमा १२ हजार ३ सय ६६ जना रहेकोमा यस वर्षको पुष अन्तिम सम्म सामाजिक सुरक्षा भत्ता लिनेको संख्या  जम्मा १३ हजार ७ सय २४ पुगेको तुल्सिपुर पञ्जिकरण शाखा प्रमुख कृष्ण ओलीले जानकारी दिनुभयो । यस वर्षको पुष मसान्त सम्मको तथ्याङ्कलाई हेर्दा १३ सय ५८ जना थपिएको बताइएको छ ।

सरकारले ६८ वर्षमै वृद्धभत्ता दिन थालेकाले भत्ता लिनेको संख्या  बढेको ओलीको भनाई छ । हाल तुलसीपुरमा जेष्ठ नागरिक भत्ता लिने ६ हजार ७ सय २० , दलित जेष्ठ नागरिक भत्ता लिने ८ सय ३९ , एकल महिला भत्ता लिने १२ सय ६० , विधवा भत्ता लिने २४ सय ४९ ,अपाङ्गता भत्ता लिने ८ सय ९ रहेका छन । गएको वर्ष सामाजिक सुरक्षा भत्ताकै लागी पालिकाबाट ४१ करोड २५ लाख ५० हजार ४ सय ४ रुपैयाँ बितरण गरिएको थियो  । यो पटक त्यो रकम अझै बढ्ने अनुमान रहेको शाखा प्रमुख ओली बताउनु भयो । 

 

प्रकाशित मिति : २०७९ माघ ३ गते मङ्गलवार
प्रतिक्रिया