राष्ट्रिय भलिबल प्रतियोगितामा पुलिसलाई हराउँदै एपीएफ तेस्रो

काठमाण्डौ, १ माघ । सातौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको खेलमा सशस्त्र प्रहरी बल एपीएफले तेस्रो स्थान हासिल गरेको छ । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको खेलमा एपीएफले नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो स्थानमा पुगेर एक लाख रुपैयाँ प्राप्त गरेको हो ।

एपीएफले दोस्रो सेट २५–२० ले जित्यो भने तेस्रो सेट २५–२३ ले विजयी हुनाका साथै चौथो तथा अन्तिम सेट पनि २५–१८ ले जितेको हो । त्यही प्रतियोगिताको पुरुषतर्फको अन्तिम चरणको खेलमा त्रिभुवन आर्मी क्लब र हेल्प नेपालबीच प्रतिस्पर्धा हुनेछ । यस च्याम्पियनसिपको उपाधि विजेता टोलीले चार लाख रुपैयाँ पाउनेछ भने उपविजेताले दुई लाख रुपैयाँ प्राप्त गर्नेछ।

प्रकाशित मिति : २०७९ माघ १ गते आइतवार
प्रतिक्रिया