२०८३ असोज २७ गते मङ्गलवार

तुलसीपुरमा निःशुल्क नेपाली रैथाने खानाको आयोजना गरिदै

सिन्कीको झोल, देखि मोहीको परिकार
तुलसीपुर २८ पुस ।  पर्यटन प्रवर्द्धनका लागि दाङको तुलसीपुरमा नेपाली रैथाने खाना कार्यक्रमको आयोजना गरिने भएको छ । तुलसीपुर होटेल व्यवसायी संघले बिहीबार तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर पुस ३० गते रैथाने खाना कार्यक्रम तथा माघी मिलन कार्यक्रमको आयोजना गर्न लागेको जानकारी गराएको हो । रैथाने खाना कार्यक्रममा ढीक्री, लुसुनको अचार, खिचडी, कुखरा साँधेको, सुपमा खसीको खुट्टा, भेजामा सिन्की र भटमासको झोल, आलु भाङको अचार र मोहीको परिकार रहेको महासचिव तुफान केसीले जानकारी दिनुभयो । करिब ८ सय जनाको सहभागिता रहने अपेक्षा गरिएको उक्त कार्यक्रममा सबै खाना निशुल्क गरिने छ । कार्यक्रम समीक्षालयमा दिनको ११ बजे गरिने छ । समितिका अध्यक्ष इन्द्र बहादुर बस्नेतको अध्यक्षता एवम् सल्लाहकार नेत्र वलीको प्रमुख आथित्यमा पत्रकार सम्मेलन भएको थियो । कार्यक्रमको उद्घाटन तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टिकाराम खड्काले गर्ने कार्यक्रम रहेको छ ।।  
प्रकाशित मिति : २०७९ पुष २८ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।