तुलसीपुर, २० पुस । दाङको तुलसीपुर उपमहानगरपालिका–१६ स्थित लक्ष्मी माध्यामिक विद्यालय लक्ष्मीपुरमा चार कोठे पक्की भवन निर्माण गरिएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ३६ लाख लागतमा चार कोठे पक्की भवन निर्माण गरिएको वडा अध्यक्ष शिवानन्द डिसीले जानकारी दिनुभयो ।
उभोक्ता मार्फत गएको साउनदेखि विद्यालय भवनको निर्माण कार्य सुरु भएको थियो । यसैबिच सोही विद्यालयमा चालुक आर्थिक वर्षमा निर्माण कार्य पुरा गर्नेगरी ३० लाख बजेट परेको अध्यक्ष डिसीले बताउनुभयो ।
मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ३ कोठे भवन निर्माणका लागि ३० लाख बजेटको सम्झौता भएको हो । भवनको निर्माण कार्य असार मसान्तसम्म निर्माण गरिसक्नुपर्ने छ । भवनको निर्माण कार्य उपभोक्ता मार्फत गरिने वडा कार्यालयले जानकारी दिनएको छ । यसैगरी लुम्बिनी प्रदेश वन तथा वतावरण मन्त्रालयबाट पनि लक्ष्मीपुरमा पोखरी निर्माण गरिने भएको छ । योजना सम्पन्न गर्नका लागि ५ लाख बराबरको सम्झौता समेत भएको छ ।।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।