इलाका प्रहरी कार्यालय सिसहनियाँको भवन शिलन्यास

सिसहनियाँ ११ पुस । इलाका प्रहरी कार्यालय सिसहनियाँमा नयाँ बन्न लागेको भवनको सोमवार शिलान्यास गरिएको छ । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ प्रगतिनगर सिसहनियाँमा रहेको इलाका प्रहरी कार्यालयमा नयाँ बन्न लागेको भवनको शिलान्यास जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक(एसपी) वीरबहादुर ओलीले गरेका छन् ।

पिपि निमार्ण सेवा प्रालि काभ्रेको निमार्ण सम्झौतामा प्रहरी कार्यालय तथा आवास सहितको सुविधा युक्त भवन बन्न लागेको छ । प्रहरी प्रधान कार्यालय नक्शाल काठमाण्डौंको ४ करोड ६० लाख २७ हजार ९ सय १ रुपैयाँको लागतमा सो भवन बन्न लागेको हो । साढे दुई तला रहने भवनमा १ वटा कार्यालय प्रमुख कक्ष, ६ वटा प्रशासनिक कक्ष, १ वटा सञ्चार कक्ष, महिला पुरुष हिरासत कक्ष, बाल निगरानी कक्ष, शौचालय र भान्सा तथा कम्पाण्ड वाल सहित रहने इन्जीनियर प्रकाश गौतमले जानकारी दिएका छन् । ठेक्का सम्झौता भएको मितिले १८ महिना भित्रमा भवन निमार्ण सम्पन्न गरिसक्ने इन्जीनियर गौतमले जानकारी दिएका छन् ।

सो भवनको लम्बाई २२.५० र चौडाई १५.५० रहने बताइएको छ । प्रहरी निरिक्षक (इन्सपेक्टर) सहित २५ जनाको दरबन्दी भए पनि हाल १ जना प्रहरी नायव निरिक्षक सहित १२ जनाको जनशक्ति रहेको छ । जसमा २ जना वरिष्ठ हवल्दार, ३ जना हवल्दार ४ जना सहायक हवल्दार र २ जना प्रहरी जवान रहेका छन् । अव सो इलाका प्रहरी कार्यालयमा छिट्टै प्रहरी निरिक्षक (इन्सपेक्टर) आउने एसपी वीरबहादुर ओलीले बताएका छन् । लुम्बिनी प्रदेशको राजधानी क्षेत्र समेत रहेको पालिकामा सुरक्षा व्यवस्था पनि मजबुद बनाउन आवश्यक रहेको एसपी ओलीले बताएका छन् ।

भवन शिलान्यास कार्यक्रममा राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरी, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक(एसपी) वीरबहादुर ओली, इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक सुजनविक्रम शाह, इलाका प्रहरी कार्यालय सिसहनियाँका प्रहरी नायव निरिक्षक जिवन केसी, राप्ती गाउँपालिकाका वडा नम्बर ७ का वडा अध्यक्ष सिताराम चौधरी, ५ नम्बर वडा अध्यक्ष देवप्रसाद चौधरी, वडा सदस्य गोविन्द कुवर क्षेत्री, सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकी, वरिष्ठ उपाध्यक्ष ईश्वरीप्रसाद अधिकारी, राप्ती गाउँपालिका चेम्बर अफ कमर्सका अध्यक्ष कुमार अधिकारी, समाजसेवी तथा बुद्धिजीवीहरु, स्थानीयहरु, पत्रकार ओमप्रकाश गुप्ता, सन्तोषकुमार गुप्ता लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २०७९ पुष ११ गते सोमवार
प्रतिक्रिया