२०८३ मङ्सिर ९ गते बुधवार

तुलसीपुरमा मौतकी कुवाबाट खसेर भारतीय नागरिक घाइते

तुलसीपुर, २ पुस । तुलसीपुर महोत्सवमा संचालनमा रहेको मौतकी कुवामा मोटरसाइकल चलाउने क्रममा खसेर एक भारतीय नागरिक घाइते भएका छन् । घाइते हुनेमा भारतको मुजफ्फर नगर निवासी २० वर्षका अहिल रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिनुभयो ।

अहिलको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । मौतकी कुवामा मोटरसाइकल चलाइरहेका बेला अनियन्त्रीत भएर पल्टिदा उनि भुँइमा खसेका थिए । उनको हात, खुट्टा र मुखमा धेरै चोट लागेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७९ पुष २ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।