२०८३ मङ्सिर ९ गते बुधवार

तुलसीपुरमा गम्बिर घाइते अवस्थामा एक व्यक्ती फेला

तुलसीपुर, २२ मंसिर । दाङको तुलसीपुरमा एकजना गम्बिर घाइते भएको अवस्थामा भेटिएका छन । तुलसीपुर उपमहानगरपालिका १० चैलाही निवासी २८ वर्षीय तिर्थराज भट्टराई तुलसीपुरको बसपार्कमा रहेको आलुमन्डी नजिकै टाउकामो गहिरो चोट लागेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिनुभएको छ ।

प्रहरीका अनुसार ति व्यक्तीलाई व्यबारीसे अवस्थामा प्रहरीको गस्ति टोलीले आज बिहीबार दिउसो ३ बजेको समयमा घाइते अवस्थामा फेला पारेको हो । घाइतेलाई राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछी थप उपचारको लागी कोहोलपुर रिफर गरीएको प्रहरीले जनाएको छ । घाइतेका आफन्तीलाई जानकारी गराइएको र टाउकोमा चोट लाग्नुको कारण नखुलेको प्रहरीको भनाई रहेको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर २२ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।