२०८३ असोज ६ गते मङ्गलवार

तुलसीपुर महोत्सवको सम्पूर्ण तयारी पुरा  

उद्घाटन गेहेन्द्र गिरीले गर्ने 

 तुलसीपुर, १४ मंसिर ।  तुलसीपुरमा सञ्चालन हुन लागेको प्रथम लुम्बिनी, पर्यटन तथा व्यापारिक महोत्सव २०७९ को सम्पूर्ण तयारी पुरा भएको आयोजकले बताएको छ  । मंसिर १५ गते बिहान १० बजे कालिका मन्दिरबाट प्रभात फेरिको आयोजना गरेर साढे ११ बजे मेला स्थलमा प्रवेश गरेर महोत्सवको उद्घाटन गरिने छ । तुलसीपुर उद्याेगवाणिज्य संघ र तुलसीपुर चेम्बर अफ कमर्सले मेलाकाे विराेध गरिरहँदा क्लबले भने मेला लगाएर छाेड्ने बताएकाे छ ।

मेलाको उद्घाटन नेपाली काँग्रेसका केन्द्रिय सदस्य गेहेन्द्र गिरीले गर्ने कार्यक्रम रहेको यूथ्स अफ क्लब तुलसीपुरका अध्यक्ष अरुण लहरेले जानकारी दिनुभयो । २ करोडको कारोबार र ३ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको मेलाबाट संकलित रकमबाट आधुनिक पुस्तकालय निर्माण गरिने अध्यक्ष लहरेले बताउनुभयो ।

 ४ सय मध्य २ सय वटा स्टल बुकिङ भइसकेको बताउँदै अध्यक्ष लहरेले स्थानीय उत्पादन, कृषि, हस्तकला, विभिन्न जनजातिको खानाको परिकारलाई प्राथामिकता दिने बताउनुभयाे ।

 

प्रकाशित मिति : २०७९ मङ्सिर १४ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।