२०८३ असोज ६ गते मङ्गलवार

मेलाकाे विराेधमा तुलसीपुर बजार बन्द !

 तुलसीपुर, १४ मंसिर । तुलसीपुर उद्योगवाणिज्य संघले बजार बन्द गरेको छ । यूथ्स अफ क्लब तुलसीपुरले मेला लगाउने तयारी गरिरहेका बेला वाणिज्य संघले विरोध स्वरुप तुलसीपुर बजार बन्द गरेको महासचिव बिनील केसीले जानकारी दिनुभयो । बिहान ९ बजेदेखि पसल बन्द गरेर विराेधमा उत्रिन संघले सबैलाइ अनुराेध गरेकाे छ । 

मेला महोत्सव सञ्चालनका लागि यो उपयुक्त समय नभएको  र चौतर्फी विरोध हुँदा हुँदै एकलौटी रुपमा मेला लगाउनु दुःखद र दुभाग्र्यपूर्ण कार्य भएको भन्दै प्रतिरोध गर्ने महासचिव केसीले बताउनुभयो । क्लबले भोलि मंसिर १५ गतेदेखि मेला सञ्चालन गर्ने तयारी गरिरहेका बेला तुलसीपुर उद्योगवाणिज्य संघ, दाङ उद्योगवाणिज्य संघले चर्को विरोध गरेका छन् भने जिल्ला प्रशासन कार्यालय दाङले समेत मेला बन्द गर्न परिपत्र गरेको छ ।

आम व्यवसायीको चाहना विपरित स्थानीय प्रशासन र स्थानीय सरकारको निर्णय समेत नमानी तुलसीपुरमा व्यापारिक मेला लगाउन खोजेकोमा हाम्रो विरोध हो ।  आआफ्नो व्यापार व्यवसाय बन्द गरि विरोध प्रदर्शन गर्नुहुन सबैमा सादर  अनुरोध गर्दछौँ । यो हाम्रो हक हितका लागि बाध्यकारी निर्णय भएको  समेत हाम्रो प्रष्टयाई रहेको छ । अध्यक्ष रामप्रसाद चालिसे र महासचिव बिनील केसीद्धारा संयुक्त जारी विज्ञप्तिमा भनिएको छ ।। 

प्रकाशित मिति : २०७९ मङ्सिर १४ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।