२०८३ मङ्सिर ९ गते बुधवार

छोटो समयमै (क्यूएए) अवार्ड प्राप्त गर्न सफल राप्ति बबई क्याम्पस

तुलसीुर,१० मंसिर । पश्चिम दाङको राप्ति बबई क्याम्पसले छोटो समयमा नै अथक मेहनत र प्रयासबाट क्यूएए अवार्ड प्राप्त गर्न सफल भएको छ । देशभर ११ वटा विश्वविद्यालय रहेका छन् भने १ हजार ४ सय ४० क्याम्पसहरु रहेका छन्,जस मध्येमा पनि ८२ वटा क्याम्पसहरुले मात्र शिक्षामा गुणस्तर सुनिश्चिितता प्रमाणपत्र (क्यूएए) प्राप्त गर्न सफल भएका थियो । यसै मध्येमा पनि लुम्बिनी प्रदेशमा पाँचौ र मध्येपश्चिम क्षेत्रकै पहिलो क्याम्पसको रुपमा राप्ति बबई क्याम्पसले (क्यूएए) प्राप्त गर्न सफल भएको हो ।

शैक्षिक,भौतिक, दैनिक शिक्षण क्रियाकलाप,योजनाबद्ध शिक्षण सिकाई लगाएतका प्रक्रिया पूरा गरे पश्चात् मात्र विश्व विद्यालय अनुदान आयोगले शिक्षामा गुणस्तर सुनिश्चिितता प्रमाणपत्र (क्यूएए) प्रदान गर्ने गर्दछ । त्यही प्रक्रियामा रहेर राप्ति बबई क्याम्पस तुलसीपुर दाङले पनि आज एक पत्रकार सम्मेलन कार्यक्रम गरी विश्व विद्यालय अनुदान आयोगबाट गएको कार्तिक ३० गते शिक्षामा गुणस्तर सुनिश्चितता प्रमाणपत्र (क्यूएए) प्राप्त गर्न सफल भएको जानकारी गराएको होे ।

क्याम्पसले २०७२ सालबाट क्यूएए प्रक्रियाका लागी काम सुरु गरे पनि बिचमा कोभिड–१९ महामारीका कारण २ वर्ष सम्म गाह्रो भएको थियो। त्यसविचमा धेरै नयाँ कुराहरुको ज्ञान प्राप्त भएको र त्यो समयलाई अवससरको रुपमा लिएर काम गरेको क्याम्पस प्रमुख युवराज रावतले बताउनु भएको थियो । (क्यूएए) प्राप्तीको खुशी सँगै यो ऐतिहासिक उपलब्धिमा हामी सबैले अझ धेरै जिम्मेवारी बोध भएको महसुस गरेका छौं र जिम्मेवारी पनि पूरा गर्ने छौं,प्रमुख रावतले भन्नुभयो ।

(क्यूएए) प्राप्त क्याम्पसको प्रत्येक पाँच पाँच वर्षमा गुणस्तर कायम छ या छैन भनी अनुगमन हुने गर्दछ । गुणस्तरका आधारमा थप अनुदानहरु प्राप्त गर्नुका साथै नविकरण गर्नु पर्ने हुन्छ । क्याम्पसले (क्यूएए) प्राप्त गरेसँगै यसको प्रत्यक्ष फाईदा विद्यार्थी,कर्मचारी ,लगाएत यस क्षेत्रका बासीलाई पुगेको प्रमुख रावतले बताउनु भएको छ । यो संगै क्याम्पसलाई थप नयाँ शैक्षिक कार्यक्रमहरु सञ्चालनका लागी पनि ढोका खुलेको छ ।

२०४७ सालमा स्थापना भएको क्याम्पसमा अहिले दाङ लगाएत छिमेकी जिल्ला सल्यान,रुकुम,जाजरकोट,रोल्पा,प्युठान लगाएतका गरी ४ हजार २ सय विद्यार्थी अध्यनरत रहेका छन् भने अबको दिनमा विद्यार्थीको संख्या ५ हजार पुर्याउने र गर्लस होस्टेल समेत सञ्चालन गर्ने लक्ष्य क्याम्पसले लिएको छ ।

कार्यक्रमको अवसरमा पत्रकार महासंघका अध्यक्ष दुर्गालाल केसीले (क्यूएए) प्राप्त गर्न सफल भएकोमा क्याम्पसलाई बधाई तथा शुभकामना ब्यक्त गर्दै यो हामी सबैको लागी गौरव र खुशी कुरा भएको बताउनु भएको थियो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष विष्णु कुमार देवकोटाको अध्यक्षतामा सुरु भएको कार्यक्रमको सहजिकरण (क्यूएए) फोकल पर्सन यमनाथ उपाध्याले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७९ मङ्सिर १० गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।