पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं, पुस १८ – नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागु हुने गरी इन्धनको मूल्य बढाएको छ ।नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य बढाउने निर्णय गरेको निगमले जनाएको छ ।

निगमका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर  एक÷एक रुपैयाँ मूल्यवृद्धि गरिएको छ । यसैगरी खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ र हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ३ रुपैयाँ बढाइएको छ ।

नयाँ मूल्यअनुसार पेट्रोल प्रति लिटर १०२, डिजेल र मट्टितेल प्रति लिटर ७९÷७९ रुपैयाँ, खाना पकाउने ग्यास प्रति सिलिण्डर एक हजार ३ सय ७५ रुपैयाँ तथा हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर ९० रुपैयाँ कायम गरिएको छ ।

भारतीय आयल निगमले आज नयाँ मूल्यसूचि पठाएपछि इन्धनको मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

प्रकाशित मिति : २०७४ पुष १८ गते मङ्गलवार
प्रतिक्रिया