
तुलसीपुर, १७ पुस ।
तुलसीपुर उप महानगरपालीकामा २८ प्रतिशत बजेट खर्च भएको छ । चालु आर्थिक बर्षको पाँच महिनामा २७.६९ प्रतिशत बजेट खर्च भएको प्रशासकिय अधिकृत टोपेन्द्र बहादुर केसीले बताए । अहिलेसम्म ४० प्रतिशत बजेट खर्च हुनुपर्ने भएपनि निर्वाचनमा आचारसंहिता लागेका कारण सोचेअनुरुप खर्च हुन नसकेको हो ।
यसका साथै हरेक काम गर्नका लागि कार्यविधि बनाउनुपर्ने भएकोले पनि यस्तो समस्या भएको केसीले बताए । राप्ती समाचारमा दिपक बोहोराले यो समाचार लेखेका छन ।
प्रकाशित मिति : २०७४ पुष १७ गते सोमवार