पुख्र्यौली पेशाबाट जिवन धान्दै, जोगाई राख्न मुस्कील

बसन्त परियार,तुलसीपुर १५ पुस ।
सल्यान स्थायी घर भई हाल तुलसीपुर निवासी चक्र प्रसाद नेपालीले जुत्ता सिलाउन लागेको झण्डै १५ बर्ष भयो। ब्यावसायिक रुपमा पसल सञ्चालन गरेका नेपालीले यसवाट राम्रो आम्दानी गर्ने गरेको बताउछन्। उनले यो पेशा आफ्ना बाबु र बाजेबाट सिकेका हुन्। धरै समय सल्यानमा काम गरेका उनी तुलसीपुर आएर पसल सञ्चालन गरे। र मासिक रुपमा २५ हजार भन्दा बढि कमाई गर्न सफल भए। तर पछिल्लो समयमा रेडिमेट जुत्ताको बढ्दो आर्कषणले आफ्नो परम्परागत पेशा संकटमा पर्न सक्ने उनी बताउछन् ।

सरकारले ठुला उद्योगहरु सञ्चालन गरेर आफु जस्ता युवाहरुलाई लगाउन सके आफ्नो सिपको सहि मुल्याकन हुने उनले बताए। उनी भन्छन,परम्परागत पेशामा कमाई छ, तर यो पेशालाई जोगाउन मुस्किल छ। यसका लागि सरकारले ध्यान दिन जरुरी रहेको उनि ठान्छन्। यस्तै तुलसीपुर ५ का करण परियार सिलाई पेशाबाट सन्तुष्ट छन्। आफ्नो पुर्खाहरुले गर्दै आएको सिलाई बाट राम्र्रै आम्दानी भएको उनि बताउछन्। पुर्खाले खलोप्रथाबाट काम गर्थे भने अहिले पसल खोलेर बस्दा केहि फरक भने भएको छ ।

तर यसमा पनि रेडिमेट कपडाले पेशा संकटमा पर्न सक्ने उनि बताउछन्। रेडिमेट सस्तोमा आउने तर कपडा किनेर सिलाउदा महँगो पर्ने हुदा यसको भविष्य अन्धकारमय रहेको उनको बुझाई छ् । बाहिर बाट आउने रेडिमेट कपडामा सरकारले विशेष योजना बनाउनु पर्ने उनको सुझाव छ । राज्यले यो पेशालाई मर्यादित वनाउन सके धेरै यूवाहरु विदेशिने नपर्ने परियारको तर्क छ ।

यता दलित समुदायका पेशालाई आधुनिकिकरण बनाउने तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे बताछन्। दलित समुदायले सञ्चालन गर्ने ब्यवसायमा केहि छुट दिएको भन्दै उनिहरुको परम्परागत पेशालाई आधुनिकिकरण गर्ने पाण्डेले बताए।

 

प्रकाशित मिति : २०७४ पुष १५ गते शनिवार
प्रतिक्रिया