२०८३ भाद्र २५ गते बिहिवार

शताब्दी पुरुष डा. सत्यमोहन जोशीको श्रद्दान्जली सभा

तुलसीपुर, ५ कार्तिक । शताब्दी पुरुष डा. सत्यमोहन जोशीको सातौ दिनको पुण्यतिथिमा नेवाः समाज तुलसीपुरले शनिवार श्रद्दान्जली सभाको आयोजना गरेको छ । कार्यक्रमका प्रमुख अतिथी नेवाः देय दबु केन्द्रिय उपाध्यक्ष नरेश कुमार राजभण्डारीले लोक साहित्य, संस्कृति, कला लगायत नेपालको पहिचानसँग जोडिएका विभिन्न क्षेत्रमा जिज्ञासु रहेर दशकौँ सम्म योगदान पुर्‍याउनुभएकाका संस्कृतिविद् डा. सत्यमोहन जोशीको निधनप्रति दुःख व्यक्त गर्दै मुलुकले अभिभावक गुमाएको पिडाबोध भएको बताउनु भएको छ । जोशीको प्रेरणादायी जिवनी सबैले अनुसरण गर्न सकेमा मात्र उहाँ प्रति सच्चा सम्मान हुने केन्द्रिय उपाध्यक्ष राजभण्डारीको भनाइ थियो ।

नेवाः समाज तुलसीपुरका अध्यक्ष पुष्कर श्रेष्ठको अध्यक्षतामा भएको श्रद्दान्जली सभामा सचिव तुफानबाबु श्रेष्ठले जोशीको जीवनी वाचन गर्नुभएको थियो । कार्यक्रमका विशिष्ट अतिथी नेवाः देय दबु लुम्बिनी प्रदेश सदस्य नबराज श्रेष्ठ, नेवाः देय दबु जिल्ला अध्यक्ष बिनोद कुमार श्रेष्ठ तथा मिसा दबु तुलसीपुरकी अध्यक्ष रिना श्रेष्ठ लगायतले शताब्दी पुरुष डा. सत्यमोहन जोशीप्रति श्रद्दान्जली व्यक्त गर्नु भएको थियो ।

श्रद्दान्जली सभामा नेवाः देय दबु जिल्ला कोषाध्यक्ष बुद्ध प्रकाश सिंहले आँफैले रचना गरेको जोशीप्रति समर्पित कविता प्रस्तुत गर्नुभएको थियो ।उल्लेख्य मात्रामा नेवाः समाजका सदस्यहरुको उपस्तिथी रहेको कार्यक्रमको सहजिकरण समाजकी महासचिव सुदृष्टि श्रेष्ठले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०७९ कार्तिक ५ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।