२०८३ मङ्सिर ९ गते बुधवार

मेट्रो कलेजमा सर्प संरक्षण र उद्दार तालिम

तुलसीपुर,कार्तिक ५ । तुलसीपुर मेट्रो कलेजमा सर्प संरक्षण र उद्दार सम्बन्धि तालिमको आयोजना गरिएको छ । वन विज्ञान अध्ययनरत विद्यार्थीहरुका लागि आयोजना गरिएको कार्यक्रममा वातावरणीय सन्तुलन कायम गर्नका लागि सर्प संरक्षण गर्नुपर्ने सबैको जोड थियो ।

तालिमको उद्घाटन गर्दै नगरप्रमुख टिकाराम खड्काले सर्प संरक्षणमा नयाँ पुस्ताले चासो देखाउनु सुखद भएको बताउनु भयो । “सर्प हाम्रो साथी हो, यसले हाम्रो जीवन लिने भन्दा पनि बचाउँने काम गर्दछ” नगरप्रमुख खड्काले भन्नु भयो । उहाँले सर्पले मान्छेलाई कुनै जटिल परिस्थिति नआउँदासम्म नटोक्ने बताउँदै मानव जीवन रक्षामा सर्पको आवश्यकता हुने कुरामा जोड दिनुभयो ।

नेपालमा ९० भन्दा बढी प्रजातिका सर्प पाइने बताउदै नगरप्रमुख खड्काले घर आँगनमा आएको सर्पलाई मार्ने भन्दा पनि उद्दार गर्नुपर्ने बताउनुभयो । “वन विज्ञानका विद्यार्थीहरुले त्यसमा विशेष भुमिका हुने गर्दछ” उहाँले भन्नुभयो । कलेज प्रमुख वसन्त आचार्यले सर्प संरक्षण गर्नु वन विज्ञान अध्ययनरत विद्यार्थीहरुको दायित्व भएको बताउँदै सर्पसँग डराउने भन्दा पनि त्यसलाई सही ढँगले उद्दार गर्नुपर्ने बताउनुभयो ।

“वायुमण्डलमा रहेको विषाक्त ग्याँस लिएर मानव स्वास्थ्य संरक्षण गर्नका लागि सर्पको निकै महत्वपूर्ण भुमिका हुने गर्दछ । ” कलेज प्रमुख आचार्यले भन्नुयो ।
कार्यक्रममा प्रशिक्षक वसन्त सुवेदीले ज्ञानको अभावमा सर्पहरु मार्ने गलत प्रवृति बढ्दै गएको बताउदै उहाँले सर्प संरक्षणमा सबैले ध्यान दिनुपर्ने कुरामा पनि जोड दिनुभयो । २ दिनसम्म चल्ने तालिमको उद्घाटन कार्यक्रम सहजिकरण वन विज्ञान प्रशिक्षक लक्ष्मी केसीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७९ कार्तिक ५ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।