२०८३ असोज २४ गते शनिवार

तुलसीपुरमा एका बिहानै सीक्री लुट्ने रंगे हात पक्राउ

सांकेतिक फोटो

तुलसीपुर,१५ असोज । दाङको तुलसीपुर बसपार्कमा एका बिहानै सुनको सीक्री लुट्ने एक जनालाई रंगेहात पक्राउ गरिएको छ । पक्राउ पर्नेमा विरगंज घर बताउने करिब ११ बर्षको संदिप राय रहेको बसपार्क प्रहरी विटका इन्चार्ज सन्तोष आचार्यले जानकारी दिनुभयो ।

तरकारी किन्ने क्रममा तुलसीपुर उपमहानगरपालिका– ९ बेलुवा निबासी शोभा बुढाथोकीले घाँटीमा लगाएको सुनको सीक्री लुटेर भाग्ने क्रममा स्थानीयले घेरा हालेर पक्राउ गरेका थिए । पक्राउ परेका संदिपलाई स्थानीयले कुटपिट गर्दै बस पार्क प्रहरीलाई बुझाएका थिए । पछिल्लो समय विभिन्न चोरीका घटनामा सबैभन्दा बढी बालबालिकाको संलग्ता रहेको पाइएको छ । बालबालिका भएकै कारण प्रहरीले हिरासतमा राख्न नपाउने भएकाले उनिहरु चोरीमा सक्रिय रहने गरेको स्थानीयको बुझाई छ ।

प्रकाशित मिति : २०७९ असोज १५ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।