सिविल वैकद्धारा जेहेन्दार छात्रबृत्ति बितरण

बिमल गौतम,तुलसीपुुर ९ पौष ।
्सिविल वैक लिमिटेड तुलसीपुर शाखाले आज जेहेन्दार छात्रवृति बितरण गरेको छ । आफनो ७ औ वार्षिक उत्सवको अवसर पारि तुलसीपुर शाखाले आज तुलसीपुरको नयाँ वसपार्कमा रहेको प्रावि ज्ञान ज्योतिका छात्रा पुजा नेपालीलाई छात्रवृति प्रदान गरेको हो । प्रत्येक वर्ष प्रदान गरिने छात्रवृति रकम यस वर्ष प्रावि ज्ञानज्योतिमा गत वर्षको वाषर््िाक परिक्षामा सवै भन्दा धेरै अंक सहित उर्तिण भएकि नेपालीलाई नगद ५ हजार प्रदान गरिएको हो ।

सामाजिक काममा बैकको उतरदायित्व बहन गर्ने उदेश्यले गत वर्ष देखि छात्रवृति रकम प्रदान गर्न शुरु गरेको वैकले जनाएको छ । दुई वर्ष अगाडि स्थापना भएको बैकले यस अघि निमावि सरस्वति चौतारामा छात्रवृति रकम बितरण गरेको थियो । छात्रवृति बितरण कार्यक्रममा बोल्ने बक्ताहरुले वैकले सामुदायिक बिद्यालयका छात्राहरुलाई पठन पाठनमा प्रोत्साहन गर्ने उदेश्यले छात्रवृति बितरण गरेको भन्दै वैकको सो कार्यको प्रंशसा गरेका थिए ।

वैकका तुलसीपुर शाखा प्रमुख प्रणिल पछाईको अध्यक्षता , बिद्यालय ब्यवस्थापन समितिका हरि बहादुर बिकको प्रमुख आतित्थ्यता एव लिटिल हेवन माविका प्रधानअध्यापक कमल सापकोटाको विशिष्ट आतित्थ्यतामा भएको कार्यक्रममा बिद्यालयका सहायक प्रधानाध्यापक उमा चौधरि , वैकका कर्मचारि यज्ञराज बिनाडि , शुसिल गौतम लगाएतकाले बोल्नु भएको थियो । कार्यक्रमको संचालन विद्यालयका शिक्षक बिवेक बिकले गर्नु भएको थियो । सिविल वैकले हाल देश भर ५४ वटा शाखा मार्फत वैकिङ सेवा प्रदान गरिरहेको शाखा प्रमुख पछाईले जानकारि दिनुभयो ।।

प्रकाशित मिति : २०७४ पुष ९ गते आइतवार
प्रतिक्रिया