यमकला भुषाल, तुलसीपुर ७ पुस ।
तुलसीपुर उपमहानगरपालिकाले चालु आर्थिक बर्ष २०७४÷०७५ को पाँच महिनाको अवधिमा २ करोड बढि राजश्व संकलन गरेको छ । आर्थिक बर्षको श्रावण महिनादेखि मंसीर महिना सम्म विभिन्न शिर्षकमा २ करोड १६ लाख ५ हजार ४ सय रुपैयाँ संकलन गरेको हो ।
उपमहानगरपालिका सूचना अधिकारी झरेन्द्र खरेलका अनुसार एकिकृत सम्पति कर तर्फ ७१ लाख ७ हजार ६ सय ६७ , मालपोत तथा भूमिकर तर्फ २ लाख ३३ हजार ४ सय ४१, घरबहाल कर तर्फ ४ लाख ५८ हजार पाँच सय ८२ , व्यवसाय कर तर्फ १३ लाख ५१ हजार ४ सय ३०, मनोरञ्जन कर तर्फ ३६ हजार ९ सय रुपैयाँ असुली भएको छ ।
त्यसैगरी बहाल बिटौरी कर तर्फ २ लाख ७२ हजार ८ सय ६४, सेवा शुल्कदस्तुर तर्फ एक करोड ७० लाख ४ हजार ८ सय १४ रुपैयाँ राजश्व असुली भएको उपमहानगरपालिकाले जनाएको छ । जडिवुटि, कवाड, जिवजन्तु कर, सवारीसाधन कर, विज्ञापन कर, पार्किङ शुल्क, ढेडिङ वन्जीपम्पिक , जिप फलायर शुल्क र पर्यटन शुल्कलाई राजश्व असुलीको सूचिमा राखेपनि राजश्व संकलन भएको देखिदैन ।
आवश्यक कानुन नहुँदा अन्य शिर्षकमा राजश्व असुली गर्न नसकिएको सूचना अधिकारी खरेलले बताउनुभयो ।