२०८३ मङ्सिर ९ गते बुधवार

दाङमा तातो पानीले पोलेर नाबालक सहित आमा गम्भिर घाइते

सांकेतिक फोटो

तुलसीपुर, ३१ भदौ । दाङमा रक्सी पार्न बसालेको जाँडको पास र तातोपानीले पोलेर नवजात शिशु सहित आमा गम्भिर घाइते भएकी छन् । घाइते हुनेमा तुलसीपुर – ११ बेलटाकुरा निबासी २२ बर्षकी चन्दा चौधरी र उनको ११ महिनाको छोरा रहेको चन्दाका बुवा कुरकुर्या चौधरीले जानकारी दिए । घाईतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार पछि थप उपचारका लागि नेपालगज रिफर गरिएको छ ।

दंगीशरण गाउँपालिका–४ बैबाङमा रहेको माइती घर गएकी चन्दा बेलुकीपख चुलाको ढिकमा बसेर आगो ताप्ने क्रममा बेहोस भई पल्टिदा रक्सीको बान ढलेर पोलेको थियो । बेहोस भएर ढलेपछि पोख्खिएको जाँडको पास र पानीले आमासंगै काखमा रहेको बच्चालाई पनि पोलेको थियो ।

‘पानी परिरहेकाले जाडो पनि थियो । छोरीले नातीलाई काखमा राखेर चुलाको ढिकमा बसेर आगो तापीरहेकी थिइ । म राँगोलाई घाँस हाल्न बाहिर निस्कीए । उता छोरी बेहोस भएर पल्टि छ । पल्टिने बित्तिकै रक्सी पार्न बसालेको बान ढलेर पास र पानी आङमा पोखिएर उसलाई र नातीलाई पोल्यो छ । म भित्र जाने बेला त नाती रोइरहेको आमाले केहि पनि थाहा नपाउने ।’ चन्दाका बुवा कुरकुर्याले भने । चन्दा ५ दिन अघि माइत जानु भएको थियो ।

प्रकाशित मिति : २०७९ भाद्र ३१ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।