अवको काम देशलाई समृद्धि बनाउने: भवाणि राणा

लक्ष्मण विश्वकर्मा, तुलसीपुर ३ पुस ।

तुलसीपुर उद्योग वाणिज्य संघको २४ औ बार्षिक साधारण सभा तथा २५ औ स्थापना दिवस एवं रजत जयन्ती सोमवार तुलसीपुरमा सम्पन्न भएको छ । सभाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी रानाले गर्नु भएको थियो । सभाको उद्घाटन गदै अध्यक्ष रानाले निजि क्षेत्रले अव स्थानिय ,प्रदेश र केन्द्रिय सरकार गरी तिन तहका सरकारसंग सहकार्य गरेर अघि बढ्ने बताउनु भएको छ ।

निजि क्षेत्रको अवको काम देशलाई आर्थिक समृद्धि बनाउने तर्फ उन्मुख रहेको अध्यक्ष रानाले बताउनु भएको छ । देशभरका उद्योगी व्यापारीहरुको साझा संगठन नेपाल उद्योग वाणिज्य महासंघले नेतृत्व गरे पनि आगामी दिनहरुका स्थानिय सरकार तथा प्रदेस सरकार संग सहकार्य गरेर काम गर्नुपर्ने उहाको धारणा रहेको थियो ।

मुलुकमा एकै वर्षमा तिन वटा निर्वाचन सम्पन्न भईसकेकाले अव महासंघले लिएको जिम्मेवारी पनि फरक हुने उहाले बताउनु भएको छ । अव बन्ने सात वटा प्रदेश सरकार गठनमा स्थानिय व्यापारी तथा उद्योगीहरुको हक र अधिकार सुनिश्चित गर्नका लागी समन्वय गर्न आबश्यक रहेको अध्यक्ष रानाको भनाई रहेको थियो ।

आबश्यक परेमा मात्र महासंघले नेतृत्व लिन्छ उहाले भन्नु भयो अव सात वटा प्रदेसमा छुट्टा छुट्टै सरकार गठन हुन्छ त्यसका लागी तपाईहरु अव बन्ने सरकार सगं समन्वय गर्न जरुरी छ । देशको अर्थतन्त्र बलियो बनाउनका लागी निजि क्षेत्रको अत्यन्तै ठुलो लगानी भएको बताउदै उहाले हरेक विकास निर्माणमा सहकार्य गर्नुपर्ने बताउनु भएको छ ।

साथै उद्योगी व्यापारीहरुको हक र अधिकार प्राप्तीका लागी आफुहरुले महासंघको तर्फबाट विभिन्न निकायमा पुगेर आवाज उठाईरहेको बताउदै अध्यक्ष रानाले स्थानिय सरकार र अव गठन हुने प्रदेस सरकारले निर्माण गर्ने निति नियममा उद्योग वाणिज्य सघंले व्यावसायीका समस्यालाई जोडदार उठाउनु पर्ने सुझाव दिनु भएको थियो ।

देशलाई आर्थिक समृद्धि बनाउनु पर्ने अहिलेको आबश्यकता भएको बताउदै उहाले व्यवसायलाई उत्पादन मुखी बनाउनु पर्ने कुरामा जोड दिनु भएको थियो ।संघका अध्यक्ष विर बहादुर रावतको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य हिरा चन्द्र केसीले दाङको समृद्धिका लागी आफुले अभिभावकको भुमिका निर्वाह गर्ने बताउनु भएको छ । उहाले समग्र विकास निर्माण देखी उद्योगी,व्यापारी, शिक्षा,स्वास्थ्य,युवा स्वरोजगार लगाएतको काम पाँच वर्ष भित्रमा गर्ने बताउनु भएको छ ।

अर्को प्रसङग बोल्दै सदस्य केसीले दाङ प्रादेशिक राजधानी भएरै छाड्ने बताउनु भएको छ । दाङ वासीको पहिले देखीको सपना अधुरो हुन नदिनका लागी आफुले सक्दो प्रयास गर्ने बताउनु भएको छ । कार्यक्रममा महासंघका केन्द्रिय उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राज्यले व्यापारीलाई ढुक्क संग व्यापार गर्ने बातावरण मिलाउनु पर्ने बताउनु भएको छ ।

त्यस्तैगरी प्रदेस सभा सदस्य उत्तरकुमार वलीले उद्योगी व्यापारीलाई सुरक्षाको प्रत्याभुति दिलाउनु पर्ने बताउनु भएको छ । विभिन्न समयमा व्यापारीहरु माथि विभिन्न घटना घटेकाले व्यवसायमा लगानी गर्न डराएको उहाले बताउनु भएको छ । राज्यले ढुक्क सगं व्यवसाय सन्चालन गर्ने प्रकारको सुरक्षा नितिको व्यवस्थापन गर्न सके मात्र उद्योगी व्यवसाय फस्टाउने सदस्य वलीले बताउनु भएको छ । राज्यले गम्भिरता पुर्वक व्यवसायहरुको सुरक्षाका लागी सुरक्षा प्रबन्ध मिलाउनु पर्ने उहाको भनाई थियो ।

सो अवसरमा महासंघका केन्द्रिय सदस्यहरु कृष्ण प्रसाद श्रेष्ठ,निरजन केसी, धुव्र श्रेष्ठ भारी,तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्य, पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, नागरिक समाज दाङा संयोजक टिकाराम रेग्मी, मानव अधिकार तथा शान्ती समाजका केन्द्रिय सचिव सुसील वस्नेत, तुलसीपुर उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष गणेसप्रेम श्रेष्ठ, आजीवन सदस्यहरुको तर्फबाट नरेसराज भण्डारी लगाएतले बोल्नु भएको थियो ।

कार्यक्रममा संघका महासचिव रुप बहादुर खत्रीले बार्षिक प्रतिवेदन र कोषाध्यक्ष डिल्ली बहादुर वलीले आ.व.०७३÷०७४ को कुल आयव्यय ५६ लाख १७ हजार १ सय ३८ रुपैया र .०७४÷०७५ को कुल अनुमानित आयव्यय ८४ लाख ६ हजार वरावरको वजेट प्रस्तुत गर्नु भएको थियो ।

सो अवसरमा संघका संस्थापक अध्यक्ष डिल्ली वस्नेत,पुर्व अध्यक्ष उत्तम कुमार श्रेष्ठ, निबर्तमान अध्यक्ष विमल रिजाल लगाएत पुर्व पदाधिकारी,क्रियाशिल व्यापारी, पत्रकार वसन्त विवस आचार्य, खेमराज रिजाल लगाएतका विभिन्न दर्जनौ व्यक्तिहरुलाई सम्मान तथा विशिष्टता एवं ६९ जना आजिवन सदस्यलाई प्रमाणपत्र,संघको लोगो प्रदान एवं दोसल्ला ओढाएर सम्मान गरीएको थियो ।सभामा सहभागी सवैलाई सघका बाणिज्य उपाध्यक्ष राम प्रसाद चालिसेले धन्यावाद ज्ञापन गर्नु भएको थियो भने सभाको सहजीकरण संघका महासचिव रुप बहादुर खत्रीले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०७४ पुष ३ गते सोमवार
प्रतिक्रिया