२०८३ असोज ६ गते मङ्गलवार

सामुदायिक वन स्थानियका लागि औषधालय बन्दै

फाइल फोटो

तुलसीपुर,२४ साउन । तुलसीपुर उपमहानगरपालिका ८ मा रहेको महालक्ष्मी सामुदायिक वन स्थानियका लागि कुनै औषधालय भन्दा कम छैन । बनबाट स्थानिय बासिन्दाले केहि भई हाले जडिबुटी ल्याएर औषधि उपचार गर्ने गरेका छन । उक्त बन भित्र विभिन्न प्रकारका जडिबुटी पाइन्छन् । ती जडिबुटी स्थानीयले घरेलु स्वास्थ्य उपचारका लागि प्रयोग गर्ने गरेको वनका अध्यक्ष डिल्ली भण्डारीले जानकारी दिनुभयो ।

जसअनुसार मौवा, हर्रो,बर्रो,कुरिलो,चिनी लरो, तिमिया, बादलपाते,निम पाते, लगाएतका धेरै जडिबुटी पाईने गरेको अध्यक्ष भण्डारीले बताउनुभयो । गाउँ नजिकै वन छ । वनमा सयौं किसिमका जडिबुटी पाइन्छन् । तर, सबै स्थानीयलाई भने त्यहाँ पाइने सबैखाले जडिबुटीको बारेमा जानकारी छैन । उनीहरू आफूलाई जति ज्ञान छ त्यति नै जडिबुटीको प्रयोग गर्दै तिनलाई घरेलु औषधि मुलोका लागि प्रयोग गर्दै आएको अध्यक्ष भण्डारीको भनाई छ । ती जडिजुटीको संरक्षण र प्रयोग भने राम्रोसँग हुन सकेको छैन । यदि वनमा रहेका जडिबुटी पहिचान गरी आम्दानीको स्रोत बनाउन सकियोे भने स्थानीयका घरघरमा समृद्धि आउनेछ । सबै आर्थिक रूपमा आत्मनिर्भर बन्नेछन् । यसमा सबै सरोकारवालाले ध्यान दिन आवश्यक छ ।

त्यसैगरी वन डिभीजन कार्यालयको आदेशमा बेलाबेलामा वन पैदावार पनि हुने गरेका छन । जसले गर्दा स्थानियलाई घाँस,दाउरा,काठ पनि उपलब्ध हुने गरेको छ । वडा नंवर ८ र ९ को साझेदारीमा रहेको उक्त वनमा जंगली जनावरको रुपमा बदेल,बाघ,खरायो,बादर,गुना,स्याल,दुम्सी, मयुर,कालीज,लाटोकोसेरो,सुगा,कोइली जस्ता जनावरहरु पाईने गरेको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । ११८.५९ हेक्टर क्षेत्रफलमा फैलिएको वनमा साल,साज र तिल्को जस्ता बोटविरुवाहरु पाईने गरेका छन । उहाँका अनुसार वडा नंवर ८ र ९ का गरी जम्मा ४ सय २० जना उपभोतmा रहेका छन ।

पछिल्लो समय भने मानिसको जन घनत्वले गर्दा वनमा केहिरुपमा चोरीनिकासी पनी हुने गरेको छ । चोरीनिकासी गर्नेलाइ कार्वाही स्वरुप जरीवाना गर्दै आएको वनका अध्यक्ष भण्डारीले बताउनुभयो । वनले बार्षीक रुपमा करीब २ लाख बराबरको आम्दानी गर्दै आएको उहाँले बताउनुभयो । उक्त रकमले बाटो मर्मत देखि सामाजिक कामका लागि खर्च हुने गरेको र चौकीदारको तलब र अन्य अफिस कार्यमा खर्च भैरहेको उहाले बताउनुभयो ।

प्रकाशित मिति : २०७९ साउन २४ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।