दाङको तुलसीपुरमा पेट्रोल हाहाकार

तुलसीपुर, १६ साउन । दाङको तुलसीपुरमा मंगलबार दिनभर पेट्रोलको हाहाकार भएको छ । अधिकांस पम्पहरुमा पेट्रोल नपाइएपछि हाहाकार भएको हो । पेट्रोल भर्नका लागि तेल भएका पम्पहरुमा सवारीधनीहरु दौडधुप गरिरहेका थिए । दुई दिन देखि भारतबाट पेट्रोल नआएपछि दाङमा अभाव देखिएको हो । यता नेपाल आयल निगम इन्धन डिपो तुलसीपुरले भारतको गोण्डामा आइतबार सार्वजनिक बिदा भएका कारण सोमबार र मंगलबार तेल नआउँदा अभाव देखिएको बताएको छ ।

व्यवसायीहरुे टंकीको क्षेमता अनुसार पेट्रोल नराख्ने गरेका कारण बेलामौकामा अभाव देखिने गरेको निगमका सूचना अधिकारी सुर्य प्रकाश आचार्यले बताउनुभयो ।

‘व्यवसायीले क्षेमता अनुसार तेल राख्ने हो भने दशदिन नआएपनि कुनै असर पुग्दैन । तर उहाँहरुले थोरै राख्नुहुन्छ । तेल त नेपालमा बन्दैन । इन्डियाबाट ल्याउने हो । तेल सकिएपछि व्यसायीले हामीलाई भन्नुहुन्छ । हामीले नेपालगंजलाई भन्छौ । उसले इन्डिया भन्छ । अनि उतबाट लोड भएर आउने हो । त्यति गर्दा यता अभाव हुन्छ ।’ सूचना अधिकारी  आचार्यले भन्नुभयो ।
दाङमा दैनिक ४० हजार लिटर पेट्रोल खपत हुन्छ । बुधबार ८० हजार लिट पेट्रोल आउन लागेको निमगले जनाएको छ । तुलसीपुरमा संजात र भ्यालीमा भएपनि दिउँसो अबेर तिर सकिएको थियो भने जसपुर अस्वारामा रहेको पम्पमा केहि तेल बचेको निगमले जनाएको छ ।

प्रकाशित मिति : २०७९ साउन १७ गते मङ्गलवार
प्रतिक्रिया