तुलसीपुर,१४साउन । दाङको तुलसीपुरमा भ्यालीभ्यू होटल एण्ड लजको उदघाटन गरिएको छ । लजको शनिवार एक कार्यक्रमका बिच तुलसीपुर उद्योग वाणिज्य सघंका उपाध्यक्ष मिनराज भण्डारीले उद्धघाटन गर्नुभएको हो ।
करिब ६ वर्ष देखि होटललाई संचालनमा ल्याएपनि समयको माग अनुसार थप लगानी गरेर नयाँ व्यबस्थापनका साथ सञ्चालनमा ल्याएको संचालक विजय गिरीले जानकारी दिनुभयो । ५५ लाखको लगानीमा संचालन ल्याईएको होटल एण्ड लजमा एसी सहितको कोठा र शान्त वातावरण रहेको बताइएको छ । होटेलमा लोकल कुरा, हाँसको परिकार लगायत अर्डर अनुसार अन्य खानाको परिकारहरु पनि उपलब्ध गराउन सकिने संचालक गिरीले बताउनुभयो ।
प्रकाशित मिति : २०७९ साउन १४ गते शनिवार





