२०८३ भाद्र २५ गते बिहिवार

तुलसीपुर–११ नम्बर वडामा निवेदन र फोटोकपी निःशुल्क

तुलसीपुर, २० असार । तुलसीपुर उपमहानगरपालिका–११ नम्बर वडाले निवेदन र फोटोकपी सेवा निःशुल्क गरेको छ । सोमबारदेखि वडामा हेल्प डेक्स स्थापना गरेर यस्तो सेवा दिनु सुरु गरिएको हो ।

वडामा विभिन्न सेवा लिन आउने कुनै पनि नागरिक पैसाकै कारणले सेवाबाट बञ्चि नहोस र निवेदन र फोटोकपीकै कारण दौडधुप वा कुनै समस्या नपरोस भन्ने उद्देश्यले सेवा सुचारु गरिएको वडा अध्यक्ष मानबहादुर रावतले जानकारी दिनुभयो ।

‘जोसंग पैसा पनि छैन निवदेन लेख्न पनि आउँदैन । लेख्न लगायो पैसा लाग्छ । अर्को कुरा नागरिकता, लालपुर्जा लगाएतका अत्यावश्यक कागजातको फोटोकपी गर्नुप¥यो । फोटोकपी गाउँमा छैन । त्यसको लागि बजारमा जानु प¥यो । अनि नागरिकले समान्य कुराले यता र उता गरेर दुःख पाउँछन । हो त्यो दुःख नागरिकले नपाओस भन्नका लागि यस्तो सेवा सुचारु गरिएको हा ।’ वडा अध्यक्ष रावतले भन्नुभयो ।

‘देख्दा सामान्य लागेपछि वडाबासीको भावना बुझेर वडा अध्यक्ष रावतले जनमुखी काम गरेको स्थाीय बुधौना चौधरीले बताउनुभयो । कहिले पासमा पैसा हुन्छ । कहिले हुँदैन । हामीजस्ता गरिबलाई अध्यक्षले राम्रो काम गरेका छन् । त्यैत भोट दिएका हमगेर हामीले ।’ चौधरीले भन्नुभयो ।

प्रकाशित मिति : २०७९ असार २० गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।