२०८३ भाद्र २५ गते बिहिवार

लुम्बिनी प्रदेशद्धारा दाङमा विभिन्न योजनाका लागि बजेट विनियोजन

फाइल फोटो

तुलसीपुर,२ असार । लुम्बिनी प्रदेश सरकारले दाङका विभिन्न योजनाका लागि बजेट विनियोजन गरेको छ । क्रमागत आयोजना र कार्यक्रमलाई दिइँदै आएको बजेटलाई निरन्तरता दिदै थप नयाँ योजनासमेत बजेटमा उल्लेख छ । लुम्बिनी प्रदेश सरकारले राप्ती प्रादेशिक अस्पतालमा नवजात शिशुको उपचार सेवा सञ्चालन गर्न एक करोड र सोही अस्पतालमा अत्याधुनिक ल्याप्रोस्कोपी सेवा विस्तारका लागि थप दुई करोड बजेट विनियोजन गरेको छ ।

त्यसैगरी प्रादेशिक आयुर्वेद चिकित्सालय दाङबाट औषधि उत्पादनका लागि तीन करोड,आयुर्वेद शिक्षण अस्पताल बेलझुण्डी र ट्रमा सेन्टर लमहीका लागि पनि बजेट विनियोजन गरेको छ । त्यसैगरी घोराहीमा लैंगिक हिंसा र मानव बेचविखन तथा ओसारपसार प्रभावितहरुका लागि प्रदेशस्तरिय पुर्नस्थापना केन्द्र निर्माण र सञ्चालनका लागि एक करोड ८० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

त्यसैगरी हापुरे–गंगटे–कोहलपुर जोड्ने श्रीमणि मार्ग निर्माण,गोठुवा सुनछहारी सडक,बखरिया–सरुवाडाँडा–गोल्टाकुरी–कालितरा सडक निर्माण,तुलसीपुर बहुप्राविधिक शिक्षालयको भौतिक संरचना निर्माणलाई निरन्तरता,सहिद स्मृति आवासीय विद्यालय बन्कट्टीको पुर्वाधार विकाशका लागि आवश्यक बजेट विनियोजन गरिएको छ भने राप्ती गाउँपालिकामा सुशील कोइराला स्मृति पार्क निर्माणका लागि एक करोड विनियोजन गरिएको छ । त्यसैगरी बाह्रकुने दह संरक्षण,लक्ष्मीपुरमा उद्योग स्थापनका लागि प्रोत्साहन,मसोट–कुइरे पानी–मसिना–अरङखोला,वनकसवा–कालाकाटे सुरुङमार्ग,सुरइनाका र धानखोलामा बहुउदेश्यीय जलाशय निर्माणका लागि सम्भाब्यता अध्यन गर्न बजेट विनियोजन गरेको छ ।

प्रकाशित मिति : २०७९ असार २ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।