तुलसीपुर, ३ जेठ । तुलसीपुरमा मोटरसाईकलको ठक्करबाट बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–८ निबासी ११ बर्षका बालक सङकल्प बस्याल रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो ।
तुलसीपुरबाट पश्चिम तर्फ जाँदै गरेको रा. ७ प ३६४९ नम्बरको मोटरसाईकलले दोघरेमा ठक्कर दिदा घाइते भएका बस्यालको कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको डिएसपी अर्यालले जानकारी दिनुभयो । मोटरसाईकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोटरसाईकलले सोमबार दिउँसो एकबजे ठक्कर दिएको थियो । शान्तिदीप बाेर्डिङ स्कुलमा कक्षा ६ मा अध्यनरत बालककाे सवारी दुर्घटनामा परेर निधन भएपछि विद्यालयले एक दिन विद्यालय बन्द गरेकाे थियाे ।
प्रकाशित मिति : २०७९ जेष्ठ ३ गते मङ्गलवार




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।