२०८३ जेष्ठ २३ गते शनिवार

आईपीएल टी–ट्वान्टी क्रिकेटमा आज पनि दुई खेल हुने 

काठमाडौ, ४ बैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज पनि दुई खेलहरू हुँदैछन् । आज हुने पहिलो खेलमा पञ्जाब किङ्ग्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुनेछ भने र दोस्रो खेलमा चेन्नई सुपर किङ्ग्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुनेछ । आजको पहिलो खेल मुम्बईको डाक्टर डीवाई पाटील स्पोर्ट्स एकेडेमीमा दिउँसो ३: ४५ मा सुरु हुनेछ भने दोस्रो खेल महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियममा साँझ ७: ४५ मा सुरु हुनेछ । यसअघि, हिजो भएको खेलहरूमा लखनउ सुपर जाइन्ट्स र रोयल च्यालेन्जर्स बैङ्गलोरले जित हात पारेका छन् । हिजोको पहिलो खेलमा मुम्बई इन्डियन्सलाई १८ रनले हराउँदै लखनउले जित हात पारेको हो । टस हारेर पहिले ब्याटिङ्ग गरेको लखनउले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ९९ रन बनायो ।

२ सय रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ८१ रन मात्रै बनाउन सक्यो । हिजै भएको अर्को खेलमा दिल्ली क्यापिटल्सलाई १६ रनले हराउँदै बैङ्गलोरले जित हात पारेको छ । टस हारेर पहिले ब्याटिङ्ग गरेको बैङ्गलोरले निर्धारित ओभरमा ५ विकेटको क्षतिमा १ सय८९ रन बनायो । १ सय ९० रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १ सय७३ रन मात्र बनाउन सक्यो ।

प्रकाशित मिति : २०७९ बैशाख ४ गते आइतवार
प्रतिक्रिया