तुलसीपुर, ४ चैत्र । नेकपा एमालेकी केन्द्रिय सदस्य कोमल ओलीले व्यवसायीक एकतामा जोड दिन आग्रह गर्नुभएको छ । तुलसीपुर चेम्बर अफ कमर्सले तुलसीपुरमा आयोजना गरेको होली मिलन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले व्यवसायीक एकताबिना समृद्धिको कल्पना गर्न नसकिने बताउनुभयो ।
तुलसीपुर क्षेत्रमा चेम्बर र उद्योग बाणिज्य संघबीच समधुर सम्बन्ध हुन नसक्नु दुखद पक्ष भएको भन्दै यस क्षेत्रको औद्योगिक विकास र समृद्धिका लागि व्यवसायीक एकता नै मुख्य आधार भएको बताउनुभयो ।
चेम्बरका अध्यक्ष टोप बहादुर घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा चेम्बरका लुम्बिनी प्रदेश सदस्य पदम पोख्रेल, प्रजातान्त्रिक उद्योगी व्यवसायी संघका अध्यक्ष जनक खराल लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको संचालन चेम्बरका महासचिव प्रेम प्रकाश गिरीले गर्नुभएको थियो ।
प्रकाशित मिति : २०७८ चैत्र ४ गते शुक्रवार






