ठेला ब्यवसाय संगै साहित्य,कलामा रमाउदै गुप्ता

तुलसीपुर,१५ फागुन । नाम बिशाल गुप्ता । उहाँ तुलसीपुर बजार क्षेत्रमा बदाम व्यवसाय संचालन गर्न थालेको झन्डै ५ -छ बर्ष भयो । उहाले विगत छ वर्ष देखी नै यसरी बजार क्षेत्रमा ठेला व्यापार व्यवसाय गरेर जिविकोपार्जन गर्दै आउनु भएको छ । उहाँको व्यापार व्यवसाय पेशा हो । तर उहाले कहिले काही साहित्यीक लेख रचना गर्न पनि गर्नुहुन्छ । पेशाले व्यापार व्यवसाय गर्दै आउनु भएका उहाले एउटा कबिता संग्रह प्रकाशन गर्नुभएको छ भने एउटा उपन्यास समेत लेख्न तयारी गर्नुभएको छ । साहित्यीक रचना मार्फत समाजमा हुने विकृति,विसंगती, भष्टाचार, विभेद लगाएतका विषयलाई उपन्यासमा उल्लेख गर्नुभएको छ । जुन आफुले व्यापार व्यवसाय गर्दाको अनुभव पनि समावेश गर्नुभएको छ । दिनभर एउटा ठेलामा व्यापार व्यवसाय गर्नु भएका उहाले कविता, उपान्यास संगै गिंतसंगित समेत गुनगुनाउने गर्नुहुन्छ । उहाले भरखरै एमसीसी सम्बन्धी एउटा गित समेत रचना गर्नुभएको छ । साहित्यीक कला र रुचि भएपनि गुप्ताले ठेलामा व्यापार गरेर दैनिक एक हजार देखी पन्ध्र सय रुपैया सम्म आम्दानी गर्नुहुन्छ । तर उहाँ व्यापारमा पनि सन्तुष्टी हुनुहुन्छ । उहालाई व्यापार सानो ठुलो लाग्दैन ।

ठेलाबाट आफ्नो पढाई खर्च समेत जुट्ने गरेको उहाँले बताउनु भएको छ । बदाम भुट्दै अनि बदाम किन्न आउने ग्राहकलाई विभिन्न साहित्यिक रचना पनि सुनाएर खुशी पार्नुहुन्छ । हाल उहाँ राप्ती बबई क्याम्पस तुलसीपुरमा ब्याचलर तेस्रो वर्षमा अध्यनरत हुनुहुन्छ । कला र प्रतिभा हुदा पनि व्यापार व्यवसाय गर्नु उहाँको बाध्यता हो । तर यसरी व्यापार व्यवसाय गर्दा पनि साथीहरुबाट हौसला पाउने गरेको उहाँको अनुभव छ । व्यापार सानो भएपनि विचार,कला ,प्रतिभा नै उहाँको परिचय बनेको छ । सडकमा ठेला गुडाएर ब्यवसाय गरेपनि आफुले छुट्टै छाप छोड्न सफल भएकोमा गर्व लाग्ने गरेको उहाँले बतानुभयो । उहाँका अनुसार जुन आफुले गर्ने काम कमै युवा साथिहरुले गर्ने गर्नुहुन्छ । उहाँका धेरै साकारात्मक विचार र रचना छन् । यसरी नै हरेक मानिसका भिन्नै खालका कला र प्रतिभा हुन्छन । तर कतिले चिन्छन ,चिनाउँछन् भने कतिले आफु भित्रै सिमित गर्दछन् । तसर्थ जो सुकैले पनि आफुमा भएका कला र प्रतिभा सबै सामु प्रर्दशन गर्न सक्नु पर्दछ भने कला र प्रतिभालाई सधै सम्मान गर्नु पर्ने उहाँले बताउनुभएको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन १५ गते आइतवार
प्रतिक्रिया