२०८३ भाद्र २४ गते बुधवार

दाङका वलीले बनाए बाढीको पूर्वसुचना दिने उपकरण

तुलसीपुर,१८ कार्तिक । दाङ देउखुरीका एक युवाले बाढीको पूर्वसुचना दिने उपकरण निर्माण गरेका छन् । हाल काठमाण्डौ माईतीघर स्थित जेभिएर्स कलेजमा भौत्तिक शास्त्रमा स्नाकोत्तर अध्ययन गर्दै आएका नन्दलाल वली नविनले घरेलु सामग्री प्रयोग गरेर उक्त उपकरण निर्माण गरेका हुन । तिहार अघि घर आएका बेला उनले विजुलीको तार,बल्ब,मकैको खोया,भरिबाल्टी पानी लगाएतका सामग्री प्रयोग गरीबाढीको पूर्वसुचना दिने प्रविधि पत्ता लगाएका थिए । बर्षातको समयमा नदी खोलामा पानीको सतह वढ्दै गएमा साईरन राखेर जानकारी दिन सकीने उनले बताए । दाङ देउखुरीका वलीले आफनो क्षेत्रमा राप्ती नदीको वाढिले भौतिक लगाएत मानविय क्षति धेरै गर्ने भएपछि निकै धेरै मेहनत गरी विधि पत्ता लगाएको बताएका छन । उपकरण निर्माण गर्न विज्ञान पढ्दै गरेका हुमलाल कुमाल,निराजन वली र मान बहादुर वलीले सहयोग गरेको उनि बताउछन । वलीले आफुले पत्ता लगाएको विधि र उपकरणले बाढी प्रकोपको क्षतिबाट बच्न निकै सहयोग गर्ने उनको दावी छ ।
प्रकाशित मिति : २०७४ कार्तिक १८ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।