दाङका वलीले बनाए बाढीको पूर्वसुचना दिने उपकरण

तुलसीपुर,१८ कार्तिक ।
दाङ देउखुरीका एक युवाले बाढीको पूर्वसुचना दिने उपकरण निर्माण गरेका छन् । हाल काठमाण्डौ माईतीघर स्थित जेभिएर्स कलेजमा भौत्तिक शास्त्रमा स्नाकोत्तर अध्ययन गर्दै आएका नन्दलाल वली नविनले घरेलु सामग्री प्रयोग गरेर उक्त उपकरण निर्माण गरेका हुन । तिहार अघि घर आएका बेला उनले विजुलीको तार,बल्ब,मकैको खोया,भरिबाल्टी पानी लगाएतका सामग्री प्रयोग गरीबाढीको पूर्वसुचना दिने प्रविधि पत्ता लगाएका थिए ।

बर्षातको समयमा नदी खोलामा पानीको सतह वढ्दै गएमा साईरन राखेर जानकारी दिन सकीने उनले बताए । दाङ देउखुरीका वलीले आफनो क्षेत्रमा राप्ती नदीको वाढिले भौतिक लगाएत मानविय क्षति धेरै गर्ने भएपछि निकै धेरै मेहनत गरी विधि पत्ता लगाएको बताएका छन ।

उपकरण निर्माण गर्न विज्ञान पढ्दै गरेका हुमलाल कुमाल,निराजन वली र मान बहादुर वलीले सहयोग गरेको उनि बताउछन । वलीले आफुले पत्ता लगाएको विधि र उपकरणले बाढी प्रकोपको क्षतिबाट बच्न निकै सहयोग गर्ने उनको दावी छ ।

प्रकाशित मिति : २०७४ कार्तिक १८ गते शनिवार
प्रतिक्रिया