मास्क र सेनिटाइजरको अनुगमण गर

पछिल्लो समय एकाएक कोरोना संक्रमण बढ्यो । दाङमा विशेष गरेर तुलसीपुर क्षेत्रमा कोरोना संक्रमण दर बढ्यो । तुलसीपुर क्षेत्रका मावि तहका विद्यालयमा शिक्षक र विद्यार्थीमा कोरोना देखिएपछि मावि अश्वारा, मावि सेन्टेर, मावि गुरुजजुर सहित तीनवटा माध्यामिक विद्यालयहरु बन्द भए । सर्वसारण नागरिकमा कोरोना अस्वभाविक रुपले बढ्न थालेपछि तुलसीपुर उपमहानगरपालिकामा पुष २३ गते बसेको शिक्षा शाखा, स्वास्थ्य प्रर्वद्धन शाखा र शिक्षहरुको संयुक्त बैठकले माघ ३ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गर्यो ।

त्यस लगत्तै जिल्लामा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले सात बजेपछि होटल, रेष्टुराँ खोल्न नपाउने, मास्क अनिबार्य गर्ने, सामाजिक दुरी कार्यम गर्ने निर्णय गर्यो । यद्यपी बैठकमा लकडाउन गर्नुपर्छ भन्ने प्रस्ताव पालिका प्रमुखरुले नगरेका पनि होइनन् । त्यसको केहि समयपछि सरकारले माघ १५ गतेसम्म देशैभरका विद्यालयहरु बन्द गर्ने निर्णय गर्यो । अहिले सबै विद्यालयहरु बन्दछन् र अनलाइमा मार्फत विद्यार्थीहरुले पढिरहेका छन् ।दाङमा पछिल्लो समय देखा परेको कोरोनाबाट तीन सय बढी नागरिक संक्रमित छन् । तुलसीपुरको हमा भने २ सय ३१ जना पुगेका छन् । कोरोना देखिए पनि त्योति जोखिम युक्त नभएको स्वास्थ्य विज्ञको भनाई छ । अधिकांसको अवस्था सामन्य छ ।

कोरोनाको व्यापक प्रचार प्रसार हुँदा मास्क र सेनिटाइजरको व्यापार ह्वात्तै बढ्यो । जसका कारण दुई रुपैया पर्ने सजिर्कल मास्कलाई १० देखि १५ रुपैयाँसम्मा बिक्री गर्ने गरेका छन् । त्यो पनि गुनस्तरहिन मास्क ।

जो लगाउँदा च्वाट्ट छिनिन्छ । यसको चरम संकटमा सामान्य नागरिक परेका छन् । उनिहरुले महंगो मुल्यमा मास्क र सेनिटाइजर किन्न बाध्य छन् । मास्क लगाउनै पर्छ भनेर निर्णय गर्ने सरोकारावाला निकायको चर्को मुल्यमा बिक्रीबितरण भइरहेको मास्क प्रति ध्यान पुगेको देखिदैन । बिक्री बितरण गर्ने मेडिकलदेखि अधिकासंस पसलेहरुको मानवता भएको खासै देखिदैन् । किनकी उनिहरुले चर्को मुल्यमा दोब्बरभन्दा धेरै नाफा खाएर नागरिकलाई स्वास्थ्य सामग्री बेचिरहेका छन् ।

त्यसकारण मास्क अभियान संचालन गर्ने जिल्ला प्रशासन, जिल्ला प्रहरी, मातहतका निकाय र स्थानीय तहले यसको नियमित अनुगमण र नियमन गर्न आवश्यक छ । एकातिर मास्क अनिबार्य गरिदिने र अर्को तर्फ बजार मुल्यलाई बेवास्ता गर्दा आम नागरिक प्रति ठूलो अन्याय गरेको देखिन्छ । संकट र विपतको बेलामा देशमा कृतिम अभाव र कालोबजारी मौलाउने गर्छ । यसको नियन्त्रणका लागि स्थानीय प्रशान समयमै सचेत र सजग बन्न आवश्यक छ । किनकी यो उसको दायित्व पनि हो ।

प्रकाशित मिति : २०७८ माघ ९ गते आइतवार
प्रतिक्रिया