प्रधानमन्त्री कप टी ट्वान्टी क्रिकेट प्रतियोगितामा आज ४ खेल हुँदै

काठमाडौं २९ पुस । प्रधानमन्त्री कप टी ट्वान्टी क्रिकेट प्रतियोगितामा आज ४ खेल हुँदैछन् । आज कर्णाली र सुदूरपश्चिम प्रदेश बीचको खेल किर्तिपुरस्थित त्रिवि मैदानमा बिहान ९ बजे हुनेछ ।

यस्तै बिहान ९ बजे नै प्रदेश १ र त्रिभूवन आर्मी क्लव मुलपानी मैदानमा खेल्नेछन् । यसैगरी लुम्बिनी र प्रदेश २ दिउँसो १ बजे किर्तिपुरमा खेल्दा सशस्त्र प्रहरीको एपीएफ क्लब र गण्डकी प्रदेशले मुलपानीमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : २०७८ पुष २९ गते बिहिवार
प्रतिक्रिया