चालु आर्थिक वर्षमा नेपालको कूल गार्हस्थ उत्पादन ३ दशमलव ९ रहने ः विश्व बैङ्क 

काठमाण्डौ,२८ पुस । विश्व बैङ्कले चालु आर्थिक वर्षमा नेपालको कूल गार्हस्थ उत्पादन ३ दशमलव ९ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ।बैङ्कले ‘विश्वव्यापी आर्थिक सम्भावना’ शीर्षकमा आज जारी गरेको प्रतिवेदनमा सन् २०२२÷२३ मा नेपालको आर्थिक वृद्धिदर ३ दशमलव ९ प्रतिशत हुने अनुमान गरिएको छ।

महामारीबाट बच्न खोप लगाउने जनसङ्ख्यामा बढोत्तरीसँगै कृषि उत्पादकत्वमा हुने वृद्धि र सेवा क्षेत्रमा देखिएका केही सुधारका आधारमा बैङ्कले चालु आवमा नेपालको आर्थिक वृद्धि ३ दशमलव ९ प्रतिशतमा सङ्कुचित हुने प्रक्षेपण गरेको हो।कोभिड–१९ को महामारीले निम्त्याएको नयाँ जोखिम, मुद्रास्फीति, ऋण र असमानतामा वृद्धिबीच दक्षिण एशियाका उदयमान र विकासशील अर्थतन्त्र पुनः मन्दितर्फ उन्मुख भएका प्रतिवेदनले औंल्याएको छ।सन् २०२१ को मध्यतिर कोभिडको दोस्रो ठूलो लहरले विश्व अर्थतन्त्रमा विशाल आर्थिक क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै प्रतिवेदनमा सन् २०२३ सम्म नै विश्व अर्थतन्त्र शिथिल रहने प्रक्षेपण गरिएको छ।

प्रकाशित मिति : २०७८ पुष २८ गते बुधवार
प्रतिक्रिया