विज्ञापन करको निर्णय पुर्नरविचार गर्न चेम्बरको आग्रह

तुलसीपुर, २८ पुष । तुलसीपु चेम्बर अफ कमर्सले विज्ञापनमा लगाउँदै आएको करको पुर्नचर विचार गर्न आग्रह गरेको छ ।

विज्ञापन प्रयोजनका लागि टाँस गरिएका फेलेक्स बोर्ड, भित्तेलेखन, हस्तलिखित र ध्वनी प्रदुषण करको शुल्क महंगो भन्ने तुलसीपुरका व्यवसायीबाट गुनासो आएकाले यसको सम्बोधनका लागि समन्वयकारी भूमिका निर्वाह गर्न तुलसीपुर उपमहानगरपालिकालाई चेम्बरले आग्रह गरेको छ ।

चेम्बरका अध्यक्ष टोप बहादुर घर्ती र महासचिव प्रेम प्रकाश गिरीद्धारा जारी विज्ञप्तीमा विज्ञापनको ठेक्का लिएका व्यवसायी र व्यापारी बिच छलफल गारएर ठोस निकास निकाल्न उपमहानगरपालिकालाई आग्रह गरिएको छ । तुलसीपुर उपमहानगरपालिकासंग ठेक्का लिएका जेनशन सप्लार्यका प्रोप्राइटर भरत गिरीले २५ वर्ग फिटभन्दा माथिको विज्ञापनको प्रति स्क्वायर फुट, दुई सयदेखि ४ सय रुपैयाँसम्म प्रति महिना शुल्क उठाउँदै आएको छ ।

प्रकाशित मिति : २०७८ पुष २८ गते बुधवार
प्रतिक्रिया